अखिल (क्रान्तिकारी) को प्राविधिक विभागमा तिमल्सिना

लोकखबर
५ श्रावण २०८१, शनिबार १८:५४

मकवानपुर। नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) मकवानपुर जिल्ला कमिटी अन्तरगतको प्राविधिक विभाग मकवानपुरको अध्यक्षमा निर्मल तिमल्सिना चयन भएका छन् ।

शनिवार हेटौँडामा भएको प्रथम भेलाले तिमल्सिनाको अध्यक्षतामा १५ सदस्यीय प्राविधिक विभाग गठन गरेको हो । विभागको सचिवमा सुशान्त कोइराला चयन भएका छन् ।

सदस्यहरुमा निलम पाख्रीन,सुमन श्रेष्ठ, आर्यन सिंह, अनुप थोकर, मनिष बलामी, प्रमिनगोपाल श्रेष्ठ, किशोर बम्जन, मनोज रसाईली चयन भएका हुन । विभागमा पछि चारजना सदस्य मनोनित गरिने जिल्ला अध्यक्ष बुद्ध अर्यालले जानकारी दिए ।

अनुसन्धानमुलक प्राविधिक शिक्षा र शैक्षिक बेरोजगारी अन्त्यका निम्ति, प्राविधिक विभाग भन्ने सिद्धान्त अनुरुप अखिल क्रान्तिकारी मकवानपुरले प्राविधिक विभाग गठन गरेको अध्यक्ष अर्यालको भनाइ छ । कार्यक्रममा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुको उपस्थिती थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*