भण्डारी दम्पती आफ्नै घरमा मृत भेटिए

लोकखबर
२०८१ श्रावण १०, बिहीबार १२:५९

मकवानपुर । मकवानपुरको हेटौँडाका एक दम्पती आफ्नै घरमा मृत भेटिएका छन् । हेटौंडा उपमहानगरपालिका वडा नं.५, भैरवरोडमा ६२ बर्षिय केशब भण्डारी र उनकी श्रीमती ५६ बर्षिय अम्बिका भण्डारी दुबै जना मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
भण्डारी घरको कोठा भित्र श्रीमान पंखा झुण्डाउने फलामको हुकमा नाईलनको डोरीको पासो लगाई झुण्डिएको अवस्थामा प्रहरीले फेला परेका हुन् भने उनकी श्रीमतीको धारिलो हतियारको प्रहारबाट मृत्यु भएको जस्तो देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको जनाइएको छ । मृतकलाई प्रहरीले बुधवार ४ बजेर ४५ मिनेटको समयमा फेला पारेको हो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको