सिमलटारका अगुवाहरुलाई नेतृत्व विकास तालिम

मकवानपुर । हेटौंडा ११, सिमलटारका संघसंस्थाका अगुवालाई नेतृत्व विकास, संस्था संचालन तथा व्यवस्थापन सम्बन्धि तालिम सुरु गरिएको छ ।
लुमन्तीले शुक्रबारदेखि हेटौंडाको रोयल प्यालेसमा सुरु गरेको तालिममा स्थानीय टोल विकास संस्था, आमा समूह, योगा समुह, बालक्लब र गुम्बाका अध्यक्ष एवं प्रतिनिधिहरुको सहभागिता छ ।
आयोजकका अनुसार यो सिमलटारको लागि दोस्रो चरणको विशेष तालिम हो । तालिमपछि नयाँ नेतृत्व चयन गर्ने योजना रहेको संयोजक उद्धव भट्टराइले जानकारी दिए ।
तालिममा राम डङ्गोलले सहजीकरण गरिरहेका छन् । आइतबार १२ गतेसम्म चल्ने तालिममा २५ जनाको सहभागीता रहेको उनले बताए ।