बाघको आक्रमणमा घाईते श्रेष्ठको अवस्था बुझ्न मन्त्री सिलवाल अस्पतालमा

लोकखबर
२२ श्रावण २०८१, मंगलवार ०७:१०

मकवानपुर । बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवालले बाघको आक्रमणबाट घाइते भएका चितवनका ६० वर्षीय पशुपति श्रेष्ठको स्वास्थ्य अवस्था बुझेका छन् ।

आईतबार बिहान भरतपुर महानगरपालिका–१ नारायणी नदी किनारमा हिँडिरहेका समयमा श्रेष्ठ बाघको आक्रमणमा परि घाईते भएका थिए । हाल चितवन मेडिकल कलेजमा उपचाररत श्रेष्ठको स्वास्थ्य स्थिति बुझ्न मन्त्री सिलवाल अस्पताल पुगेका हुन् ।

घाईते भएका श्रेष्ठसँग भेट्को क्रममा मन्त्री सिलवालले स्वास्थ्यलाभको कामनासहित बिरामीको अवस्थाबारे चिकित्सक र परिवारसँग बुझेका थिए। मन्त्री सिलवालले बिरामीको उपचारमा कुनैपनि कमि नहोस् भन्दै आवश्यक परेको खण्डमा प्रदेशको वन तथा वातावरण मन्त्रालयले आर्थिक सहायता समेत गर्ने प्रतिबद्धता जनाए ।

यस्तै भरतपुर महानगरपालिका- २ बेलटाँडी निवासी श्रेष्ठले आफू घाइते भैइ उपचार गर्दै गरेको अवस्थामा प्रदेशको मन्त्री अस्पतालमै आएर भेट्दा खुसी लागेको बताए । श्रेष्ठलाई आक्रमण गरी घाइते बनाएको बाघलाई निकुञ्जको टोलीले आईतबार रातीनै नियन्त्रणमा लिईसकेको छ ।

बाघको आक्रमणबाट घाइते श्रेष्ठलाई अस्पतालमा भेट्दै मन्त्री सिलवाल ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*