मनहरीमा बस पल्टिदा ३५ जना घाइते
मकवानपुर । मकवानपुरको मनहरी ७, समिडाँडामा यात्रुबाहक बस पल्टिदा ३५ जना घाइते भएका छन् । काठमाण्डौबाट महोत्तरी जादै गरेको प्रदेश २–०३–००१ ख ३६२९ नम्बरको बस विहान ४ बजे अनियन्त्रित भई आफैँ पल्टिएको हो ।
मकवानपुर प्रहरीका अनुसार ४० यात्रु सवार रहेको बस सडकबाट १० मिटर तल दाहिने तर्फ पल्टिएको हो । मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटाका अनुसार घाइते मध्ये २८ जनाको भरतपुरस्थित पूरानो मेडिकल कलेज, ३ जनाको हेटौंडा अस्पताल र ३ जनाको मनहरी अस्पतालमा उपचारको भइरहेको छ । दुर्घटनामा घाइते भएका ४ जना भने डिस्चार्ज भएका छन् ।
बस चालक महोत्तरीको पिपरा गाउँपालिका–२ का अन्दाजी ३७ वर्षका जयकिशोर कापरलाई प्रहरीले निणन्त्रणमा लिएको छ ।











































