खैरोहिरोइनसहित ७ जना नियन्त्रणमा

लोकखबर
२०८१ पुष १३, शनिबार १२:५३

मकवानपुर । मकवानपुरको हेटौंडाका विभिन्न स्थानबाट ७ जना लागुऔषधसहित पक्राउ परेका छन् ।

मकवानपुर प्रहरीले हेटौंडा–१७ हटिया र पूरानो मकवानपुररोडबाट खैरो हेरोइनसहित उनीहरू पक्राउ परेका हुन् । प्रहरीले बिहीबार राति ९ बजे हेटौंडा-१७ हटिया दाविलेस्थित विदन कुमार भुजेलको घरमा विशेष सूचनाको आधारमा छापा मार्दा २.५४ ग्राम खैरो हेरोइनसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार ३२ वर्षीय विदन कुमार भुजेल र बारा विश्रामपुर गाउँपालिका-८ नकाटुवा टोल निवासी २१ वर्षीय शेख आजादलाई प्रहरीले पक्राउ गरेको हो । मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार पक्राउ परेकाहरुलाई मकवानपुर जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको हो ।

यस्तै, विहीबार दिउँशो ३ बजे पूरानो मकवानपुर रोडस्थित शिशिर राजथलाको घरमा छापा मारेर ४ ग्राम लागुऔषधसहित थप ५ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेहरूमा ३१ वर्षीय शिशिर राजथला, ३० वर्षीय निरन श्रेष्ठ, ३५ वर्षीय सुदिप भुर्तेल, हेटौंडा-४ निवासी ३० वर्षीय असिम कुमार बर्तौला र हेटौंडा-१ निवासी ३० वर्षीय ओम साह रहेका छन् । पक्राउ परेकाहरुमाथि लागुऔषधसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरीको भनाई छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको