विहानै शक्तिशाली भूकम्प

लोकखबर
२०८१ पुष २३, मंगलवार ०७:३६

मकवानपुर । मंगलबार विहान ६ बजेर ५० मिनेटमा मकवानपुरको हेटौँडा लगायत क्षेत्रमा धक्का महसुस हुने गरी भूकम्प गएको छ । खानी तथा भूगर्भ विभागका अनुसार नेपाल-चीन सिमाना तिप्बतको दिंगे कान्टीमा केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो । यो ठाउँ सिगात्सेबाट ३५ किलोमिटर टाढा पर्छ ।
यो भूकम्पले नेपालका प्रायः ठाउँमा धक्का दिएको बताइएको छ । भूकम्पबाट पुुगेको क्षतिको विवरण भने प्राप्त हुन बाँकी छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको