अग्रवाल र रानाभाटको यस्तो छ प्यानल

लोकखबर
२०८१ पुष २३, मंगलवार ०८:४५

मकवानपुर । आसन्न मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनमा होमिएका दुई वटा प्यानल सार्वजनिक भएका छन् । संघको नेतृत्वको दौडमा रहेका अध्यक्ष अनिल अग्रवाल र प्रमोदसिंह रानाभाट दुवै जनाले आफ्नो प्यानल घोषणा गरी निर्वाचनमा होमिएका छन् ।
सोमबार हेटौंडास्थित रोयल पार्टी प्यालेशमा व्यवसायीहरुबीच अग्रवाल नेतृत्वको प्यानल घोषणा गरिएको हो । अग्रवालको टिममा महासचिव विकेशलाल श्रेष्ठ, कोषाध्यक्ष तेजराज अधिकारी, सह-कोषाध्यक्ष राधिका सामरी पाण्डे रहेका छन् ।
वाणिज्यतर्फ उपाध्यक्ष राजु अधिकारी, सचिव दिवस पराजुली, सदस्यहरु रविन ढकाल, विष्णुप्रसाद दाहाल, बालकृष्ण बजगाई, यज्ञ बहादुर राई र महिला आरक्षणमा निलम पाण्डे छन् ।
एशोसियटतर्फ उपाध्यक्ष विष्णु खनाल रहेका छन् । उद्योगतर्फ उपाध्यक्ष रविन्द्रप्रसाद घिमिरे, सदस्यहरुमा कृष्णगोपाल महर्जन, दीपक शिवाकोटी, गंगाकुमारी श्रेष्ठ र महिला आरक्षणमा मेनका श्रेष्ठ रहेका छन् । यस्तै,वस्तुगततर्फ उपाध्यक्ष काव्यमणि अधिकारी, सचिव नेत्रप्रसाद खतिवडा र सदस्यमा शम्भु पुडासैनीरहेका छन् ।
नेतृत्व लिने दौडमा रहेका अध्यक्षका अर्का उम्मेदवार रानाभाटले आइतबारै आफ्नो प्यानल घोषणा गरिसकेका छन् । रानाभाटको प्यानलमा उपाध्यक्षमा वाणिज्यतर्फ रामप्रसाद न्यौपाने, उद्योगतर्फ दीपक उप्रेती, एसोसिएटतर्फ उज्ज्वल चौलागाई र बस्तुगत तर्फ प्रदीप अर्याल रहेका छन् ।
यो प्यानलको महासचिवमा प्रतिमा श्रेष्ठ, कोषाध्यक्षमा श्रीकृष्ण कर्माचार्य (भाइ), सहकोषाध्यक्षमा निलम वैद्य, सचिवमा वाणिज्यतर्फ कुलप्रसाद चौलागाई, उद्योगतर्फ रुपकराज दाहाल, एसोसिएटतर्फ माधव ज्ञवाली र वस्तुगततर्फ राजाराम कार्की छन् । सदस्यमा वाणिज्यतर्फ राजेन्द्र लामिछाने, राजदेव बनियाँ, सन्तोष घिमिरे, होमनाथ खनाल (रोशन), निलम बजगाई देवकोटा रहेका छन् भने उद्योगतर्फ जगदिश दहाल, कृष्णराज कोइराला, भुपेन्द्रप्रसाद अधिकारी र सीतादेवी भेट्वाल छन् । एसोसिएटतर्फ अंकिता सुमार्गी, नवराज खतिवडा र सुकृत पराजुली र वस्तुगततर्फ कृष्ण अर्याल रहेका छन् ।
उद्योग वाणीज्य संघ ५८ औं साधारणसभा एवं निर्वाचन यही पुुस २४-२७ पुसमा हुँदैछ । विधान संशोधन गरिएपछि पहिलो पटक प्रत्यक्ष रुपमा प्रत्येक पदमा निर्वाचन हुँने जनाइएको छ । संघमा यस वर्ष २ हजार ९७ जना सदस्य रहेका छन् ।

प्यानल घोषणा गर्दै प्रमोदसिंह रानाभाट ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको