फोनिज मकवानपुरमा नवराजको नेतृत्व

मकवानपुर। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुरको शनिबार भएको छैटौँ अधिवेशनले नवराज वाइवाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
उपाध्यक्ष सन्देश थिङ, सचिव मनिता राना, कोषाध्यक्षभुवन घलान, सहसचिव निशा गुरुङ चयन भए । यस्तै, सदस्यमा जमुना थिङ, सम्झना थापा मगर, भुपेन्द्र राना मगर, अन्जना न्यासुर, दिव्यदृष्टि लामा, नवीन चौधरी, रविन्द्र वाईवा र विवेक सिन्तान चयन भए । सबै जना सर्वसम्मत रुपमा चयन भएका हुन् ।
यस्तै, फोनिज केन्द्रीय पार्षद्मा कृष्ण सारु मगर, आदर्श थोकर, रन्जिता डंगोल,सूवर्णलाल श्रेष्ठ, उमेश राई चयन भए भने प्रदेश पार्षद्मा अशोक श्रेष्ठ, रुपा गुरुङ, जयराम मुक्तान, सुरेन्द्र थिके, राजकुमार स्याङ्बो, आशिष बल, प्रमोद कुमार राई सर्वसम्मत चयन भए ।
अधिवेशनका सन्दर्भमा अग्रज पत्रकार मोहन संगामीलाई नगद पाँच हजार रुपैयाँसहित सम्मान गरिएको छ भने हालै सम्पन्न निर्वाचनमार्फत नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष चुनिएका कृष्ण सारु मगरलाई बधाई ज्ञापन गरियो ।
हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यमा अधिवेशन उद्घाटन गरिएको हो ।