मौलिक चाडपर्व खुशी जीवनका आधार: प्रदेश प्रमुख देवकोटा

लोकखबर
१ माघ २०८१, मंगलवार ०६:३०

मकवानपुर । बागमती प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले मंगलबार परेको माघे सक्रान्ती (माघी) पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

‘बागमती प्रदेश, देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख,शान्ति,सुस्वास्थ्य,उन्‍नति तथा समृद्धिको शुभकामना व्यक्त गर्दछु‘ उनले आफ्नो शुभकामना सन्देशमा भनेका छन् ।

थारू र मगर समुदायले मनाए पनि यो पर्व सम्पूर्ण नेपालीले आ-आफ्नै तरिकाले मनाउने प्रचलन छ । मौलिक संस्कृतिका धनी थारू समुदायले यसलाई अति उल्लासका साथ नयाँ वर्षको रूपमा नाँचगान,  आफन्त भेटघाट गरि मनाउने गर्दछन् ।
यो पर्वमा पवित्र नदी तथा त्रिवेणीहरुमा गएर स्नान गरी घ्यू, चाकु, तीलको लड्‍ड, तरुल र अन्य परिकार खाएर रमाइलो गरिन्छ । देवघाट, बराहक्षेत्र, त्रिवेणीधाम, रिडीलगायतका पवित्र तीर्थस्थलहरुमा मेला लाग्ने गर्दछ । सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने हुनाले माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भनिन्छ ।आजदेखी उत्तरायण आरम्भ हुने गर्दछ ।

विशिष्‍ट र मौलिक पहिचान बोकेका हाम्रा चाडपर्वहरु हाम्रा खुसी जीवनका आधार रहेको उनको शुभकामना सन्देशमा उल्लेख छ । ‘यी पर्वहरूले सामाजिक र राष्‍ट्रिय  एकता, मेलमिलाप, सद्‍भाव र सहिष्णुता कायम गर्न महत्वपूर्ण योगदान दिन्छन्, हामीले हाम्रा बिशिष्‍ट पहिचानहरुलाई संरक्षण र प्रबर्द्धन गर्नुपर्दछ‘ उनले भनेका छन् ।
आफ्नो मौलिकपनलाई आत्मसात् गरी समृद्धि मार्गमा अघि बढ्नको लागि सबैलाई यो पर्वले प्रेरणा प्राप्त होस् भन्ने प्रदेश प्रमुख देवकोटाको कामना छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*