बकैयामा आगलागीबाट घर नष्ट

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नबर-१० रुक्सीरुईमा आगोलागीबाट एक घर पूर्ण रुपमा नष्ट भएको छ ।
स्थानीय अजय मोक्तानको जस्ताले छाएको भुईतले काठ र माटोले बनेको कच्ची घरमा चुलोबाट अचानक कपडामा आगो सल्किएको हो ।
मकवानपुर प्रहरीका अनुसार आगलागीबाट मानवीय तथा चौपाया क्षति भएको छैन ।