क्याम्पस प्रमुखलाई अखिलको १२ बुँदे मागपत्र
मकवानपुर । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मकवानपुर बहुमुखी क्याम्पस कमिटीले क्याम्पस प्रमुख डा.यम बहादुर सिलवाललाई विभिन्न १२ बुँदे मागपत्र पेश गरेको छ ।
आइर्तबार कमिटी संयोजक प्रसिद्ध रेग्मीको नेतृत्वको टिमले क्याम्पस प्रमुख सिलवाललाई माग पत्र बुझाएको हो ।
क्याम्पसका समसामयिक विषयलाई समेटेर मागपत्र बुझाइएको क्याम्पस कमिटीका सदस्य निशान्त भण्डारीले जानकारी दिए ।
मागपत्र बुझाउने टोलीमा अनेरास्ववियु बागमती प्रदेश कमिटी सदस्य भूपेन्द्र राना, जिल्ला कमिटीका उपाध्यक्ष नवराज शर्मा,शिव पुलामी,जिल्ला कमिटी सहसचिव जस्प्रिता अधिकारी, जिल्ला कमिटी कोषाध्यक्ष ईशा पाख्रीन,स्ववियु कोषाध्यक्ष हिमानी सुवेदी,स्ववियु सदस्य अभिषेक दाहाल लगायत उपस्थिति थिए ।











































