घनश्यामको नेतृत्वमा बुद्धिजीवी परिषद्

लोकखबर
२०८१ फाल्गुन ७, बुधबार २१:०५

मकवानपुर । नेपाल बुद्धिजीवी परिषद् मकवानपुरको बुधबार हेटौँडामा भएको दशौँ अधिवेशनले घनश्याम घिमिरेको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

अधिवेशनले परिषद्को उपाध्यक्षमा संगम चौलागाईं, सचिवमा दीपक अधिकारी, सहसचिवमा काजिराम मोक्तान र समुन्द्र खनाल, कोषाध्यक्षमा राधिका शर्मालाई चयन गरेको छ ।

यस्तै, सदस्यहरुमा रविन ढुंगाना, नवीन मिश्र, विनय मिश्र, उद्दव सापकोटा, रमेशमोहन अधिकारी, संगिता पुडासैनी, रामचन्द्र फुँयाल, उत्तम उप्रेती, सुरेश रेग्मी, रामप्रसाद साह, टीका प्रसाद कँडेल, सुर्यप्रसाद घिमिरे, कृष्णबहादुर श्रेष्ठ, शिवप्रसाद लामिछाने, रमिता चौलागाईं, देवराज कोइराला, प्रेम हमाल, प्रतिमा गौतम र शम्भु प्रसाद हुमागाईं चयन भएका छन् ।

परिषद् मकवानपुरका अध्यक्ष मोहन प्रसाद शर्माको अध्यक्षतामा अधिवेशन भएको हो । अधिवेशनमा नेकपा एमाले मकवानपुरका उपसचिव आरती पाठक, पार्टी जनसंगठन प्रमुख सन्तोष पौडेल लगायतको उपस्थिती थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको