डढेलो नियन्त्रणका लागि सामुदायिक वनमा स्वयंसेवक

लोकखबर
२०८१ फाल्गुन २३, शुक्रबार १७:४३

मकवानपुर–सुख्खायाम बढेसंगै लाग्नसक्ने डढेलो नियन्त्रणका लागि मकवानपुरका सामुदायिक वनमा स्वयंसेवक परिचालन गरिएको छ ।
डिभिजन वन कार्यालय मकवानपुरमार्फत मकवानपुरका २१० वटा सामुदायिक वनमा डढेलो नियन्त्रणका लागि स्वयम् सेवक परिचालन गरिएको हो ।
स्थानीय तह, वडा तथा सामुदायिक वनसम्म पुगेर सचेतना शुरु भएको हो । स्वयमंसेवक, डिभिजन वन कार्यालय र सामुदायिक वन समितिको सक्रियतामा सचेतनासँगै अग्नीरेखा निर्माण र नियन्त्रित डढेलोको काम सुरु गरिएको डिभिजन वन कार्यालय मकवानपुरका योजना अधिकृत तथा डढेलो नियन्त्रण कार्यका फोकल पर्सन हेम कुमार पाठकले जानकारी दिए ।
यस वर्ष हालसम्म सामुदायिक वनमा आगलागीको घटनाका बारेमा आफूहरुकहाँ जानकारी नआएको योजना अधिकृत पाठकले बताए । उनका अनुसार अहिले धेरैजसो वनहरुमा वन हेरालुहरु राखिएको छ । सामुदायिक वनहरुले चार मनिाका लागि डढेलो नियन्त्रणका लागि कर्मचारी राखेका पनि केही सामुदायिक वनहरुले राखेको उनले जानकारी दिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको