हेटौँडामा प्रचण्डको तस्बिर जलाउने बम चितवनबाट पक्राउ
मकवानपुर– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य सचिव निराजन बम पक्राउ परेका छन् ।
आइतबार भरतपुरबाट काठमाडौ जाने क्रममा चितवन प्रहरीले पक्राउ गरी हेटौंडा ल्याईएको बताइएको छ ।
शनिबार हेटौंडामा भएको युवक संगठनको कार्यक्रममा उनले माओवादी केन्द्रका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्बिर जलाएका थिए ।











































