अपांगता संगठनको अधिवेशन

नेपाललाई अध्यक्षको जिम्मा

लोकखबर
३ चैत्र २०८१, सोमबार १७:००

विदुर-राष्ट्रिय अपाङ्गता संगठन नेपाल नुवाकोटको दोश्रो जिल्ला सम्मेलन विदुरमा सम्पन्न भएको छ । अधिवेसनले आगामी तीन वर्षे कार्यकालका लागि नयां नेतृत्व चयन गरेको छ ।

अधिवेसनले विदुर नपा २ सेराका दामोदर नेपालको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्य समिति निर्विरोध चयन गरेको छ । अधिवेसनले उपाध्यक्षमा फुलमाया तामाङ, सचिवमा सन्तोष लामिछाने र उपसचिवमा सुमन श्रेष्ठलाई चयन गरेको छ ।

सदस्यहरुमा सुमित्रा ओझा, सहदेव थापा, संजोक मिश्र, रवि रिमाल, छाँयादेवी झ्यारिमगर, पार्वती श्रेष्ठ र प्रभा थपलियालाई चयन गरेको छ । यसअघि, अधिवेसनको राष्ट्रिय अपाङ्गता संगठन नेपालका केन्द्रीय उपाध्यक्ष रमेश लामाले उद्घाटन गरेका थिए ।

निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई राष्ट्रिय अपाङ्गता संगठनका केन्द्रीय सदस्य रामप्रसाद धमला, नेकपा एमाले नुवाकोट उपसचिव तथा जनवर्गीय संगठनका इन्चार्ज राजेन्द्रप्रकाश पाण्डे, एमाले विदुर नगर कमिटीका पूर्व अध्यक्ष अनुजकुमार श्रेष्ठ, बुद्धिजिवी परिषद् नुवाकोटका सचिव विष्णुकुमार चित्रकार र युवा अगुवा डिल्लीप्रसाद गजुरेललगायतले संगठनले अपांगता भएकाहरुको हकहितमा क्रियाशील भएर अगाडि वढ्नु पर्ने वताए ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*