धमाधम एमालेको पालिका अधिवेशन

नौ पालिकामा नयाँ कमिटी

लोकखबर
२०८१ चैत्र ४, सोमबार १७:०७

विदुर–सत्तारुढ दल नेकपा एमालेले नुवाकोटमा संगठन विस्तार अभियानलाई तिव्रता दिएको छ । एमालेले पालिकास्तरको अधिवेसनलाई अन्तिम चरणमा पु र्‍याएको छ ।
एमाले नुवाकोटले पालिकाको साथै विभिन्न जनसंगठनहरुको जिल्ला तथा पालिका अधिवेसनसमेत गरिरहेको एमाले नुवाकोटका अध्यक्ष वद्री मैनालीले जानकारी दिए । जनस्तरमा एमालेको संगठनलाई मजवुत वनाउन सवै जनसंगठनको अधिवेसनसमेत भइरहेको उनले वताए ।
१२ पालिका रहेको नुवाकोटमा हालसम्म एमाले नुवाकोटले नौ पालिकामा अधिवेसन सम्पन्न गरिसकेको छ । ति पालिकाहरुमा तीन वर्षे कार्यकालका लागि नयां नेतृत्व चयनसमेत भइसकेको छ ।
प्छिल्लो पटक ककनी गापाको अधिवेसन सम्पन्न भएर जीतवहादुर वलामीको नेतृत्वमा नयां कमिटि निर्विरोध चयन भइसकेको छ । तादी गापाको अधिवेसनको वन्द शत्रले केहि दिनमै नेतृत्व चयन गर्ने एमाले नुवाकोटका उपसचिव तथा जनसंगठन प्रमुख राजेन्द्रप्रकाश पाण्डेले जानकारी दिए ।
सुर्यगढी र किस्पाङमा यहि महिनाभित्र अधिवेसन गरेर नयां नेतृत्व चयन गर्ने जनाइएको छ । स्थानीयस्तरमा एमालेको संगठन विस्तार स्वरुप विभिन्न जनसंगठनको अधिवेसनहरुसमेत भइरहेको उपसचिव पाण्डेले वताए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको