एक सातासम्म क्याम्पसमा पठनपाठन बन्द

विदुर–नुवाकोटको सवैभन्दा पुरानो तथा धेरै विद्यार्थी भएको नुवाकोट आदर्श वहुमुखि क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित भएको छ । एक सातासम्म क्याम्पसमा पठनपाठनसमेत वन्द गरिएको छ ।
क्याम्पस प्रशासनले विहीवार अपरान्ह आफ्नो क्याम्पसमा विविध कारणले स्ववियु निर्वाचन स्थगित गरिएको सूचना टांस गरेको छ । चैत्र ५ गते तय भएको स्ववियु निर्वाचनका लागि विदुर नपा ४ वट्टारवजारमा रहेको सो क्याम्पसमा निर्वाचन समितिका संयोजकले राजीनामा दिएकोलगायत विविध घटनाक्रमका कारण हाललाई अर्को निर्वाचन समिति चयन नभएसम्मका लागि स्ववियु निर्वाचन स्थगित गरिएको क्याम्पस प्रमुख नारायणमान डंगोलद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।
निर्वाचन समितिका संयोजक पुर्णवहादुर सडौलाले फागुन २५ गते पदवाट राजीनामा दिएका कारण क्याम्पस प्रशासन, विभिन्न विद्यार्थी संगठन, शिक्षकहरुसहितको संयुक्त वैठकले विवादित विषयहरुलाई सहमतिमा टुंग्याउने र निर्वाचन समितिलाई काम गर्न सहज वातावरण वनाउने निर्णय हुंदासमेत निर्वाचन समितिले राजनीनामा फिर्ता लिई निर्वाचन प्रक्रिया अगाडि वढाउन असमर्थता जनाएको क्याम्पसले जार िगरेको सूचनामा उल्लेख छ । तत्काल नयां निर्वाचन समिति गठन हुन नसकेका कारण अर्को समिति नवनेसम्मका लागि स्ववियु निर्वाचन स्थगित गरिएको क्याम्पस प्रमुख नारायणमान डंगालले वताए ।
यसका साथै स्ववियु निर्वाचनको सन्दर्भलाई लिएर क्याम्पसमा असहज परिस्थिति उत्पन्न नहोस भन्ने उद्धेश्यले क्याम्पसको संशोधित विद्यान २०७७ को दफा १३, उपदफा १७ वमोजिम क्याम्पस आगामी चैत्र ६ गतेसम्मका लागि वन्द गरिएको सूचनामहा जनाइएको छ । विद्यार्थी संगठनहरुले भने स्ववियु निर्वाचन स्थगित गर्नु अन्याय भएको वताएका छन् ।
यसअघि, स्ववियु निर्वाचन घोषित मितिमा गरिनु पर्ने माग गर्दै तीन विद्यार्थी संगठनले गरेका थिए । नुवाकोट आदर्श वहुमुखि क्याम्पस वट्टारमा स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गर्न तीन विद्यार्थी संगठनले माग गरेका हुन् ।
सो क्याम्पसमा तत्काल स्ववियु निर्वाचन समिति गठन गरि निर्वाचन प्रक्रिया शुरु गर्न तीन विद्यार्थी संगठनहरुले माग गरेका थिए । क्याम्पस प्रमुख नारायणमान डंगोललाई संयुक्त ध्यानार्कषण पत्र बुझाउँदै अखिल क्रान्तिकारी, अनेरास्वियु र अखिल समाजवादीले घोषित मितिमै स्ववियु निर्वाचन गर्न माग गरेको थियो ।
अखिल क्रान्तिकारीका राजेन्द्र पनेरु, अनेरास्वियुका रमेश गिरी र अखिल समाजवादीका रोजी सिंलेले ज्ञापन पत्र वुझाउंदै तत्काल क्याम्पसमा चुनावको वातावरण बनाउन माग गरेका हुन् । उनीहरुले देशैभर आगामी चैत्र ५ गते तय भएको स्ववियु निर्वाचन अन्तर्गत नुवाकोट आदर्श बहुमुखि क्याम्पसमा पनि स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन सम्पन्न गर्न ६ वटा संघ÷संगठन दर्ता भई निर्वाचन सम्पन्न गर्न सहमत भएको सन्दर्भमा आपसी विवादलाई वहाना बनाएर स्ववियु निर्वाचन रोक्न खोजिएको आरोप लगाएको छ ।
निर्वाचन नगर्नेहरुको इसारामा स्ववियु निर्वाचन समिति संयोजकलाई राजिनामा गर्न लगायर निर्वाचन नगर्ने अनेक प्रयत्न गरेको उनीहरुले आरोप लगाएका छन् । विद्यार्थी संगठनहरुको निरन्तर खवरदारी पश्चात् यहि फागुन २७ गते बेलुका ४ बजे स्ववियु निर्वाचनका लागि दर्ता भएका संघ÷संगठनहरुलाई क्याम्पस प्रशासनबाट बैठक आव्हान गरिएको अवस्थामा मुख्य भातृ संगठनहरुबाट नै बैठक बहिस्कार गरिएकोले निर्वाचन नचाहेको स्प्रष्ट बुझिने अखिल क्रान्तिकारी नुवाकोटका अध्यक्ष राजेन्द्र पनेरुले वताए ।
उनले सत्तासीन दलले जिल्लाका सबै क्याम्पसहरुमा भागबन्डा गरिसकेको अवस्थामा समेत नुवाकोट आदर्श बहुमुखि क्याम्पसमा आन्तरिक मतभेदका कारण निर्वाचन गर्न नखोज्नुले आफुलाई लोकतन्त्रका हिमायती ठान्ने संगठनको वास्तविक चरित्र उदाङ्गिएको आरोप लगाए । तीन विद्यार्थी संगठनहरुले (स्ववियु) निर्वाचन मार्फत विद्यार्थीलाइ चुन्न र चुनिन पाउने अधिकारबाट वन्चित गर्न खोजिएकोमा गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।
उनीहरुले तोकिएको समयमा (चैत्र ५ गते) नै स्ववियु निर्वाचन सम्पन्न गर्न निर्वाचन समिति गठन गरी निर्वाचन कार्यतालिका सार्वजनिक गर्न माग गरेका छन् । यसअघि क्याम्पसमा विप्लव माओवादी निकटका विद्यार्थी संगठनका विद्यार्थीहरुले निर्वाचन प्रक्रियामा चित्त नबुझेपछि माइन्युट च्यात्नुका साथै क्याम्पसको कुर्सी, टेवुल र झ्याल तोडफोड गरेको प्रहरीले जनाएको छ भने घटनालगत्तै स्ववियु निर्वाचन संयोजक रहेका पुर्णवहादुर सडौलाले राजीनामा दिएका थिए ।