गाउँपालिका भवन गुणस्तरिय निर्माण गर्न निर्देशन

विदुर–नुवाकोटको दाङसिङमा तारकेश्वर गाउंपालिका भवन निर्माण भइरहेको छ । गापा अध्यक्ष शिव अधिकारी अविरलले निर्माणाधीन प्रशासनिक भवनको स्थलगत निरीक्षण गरेका छन् ।
तारकेश्वर १ दाङसिङमा निर्माण भइरहेको उक्त भवन गुणस्तरिय रुपमा पुरा गरेर चालु आवको अन्तिम अर्थात् आगामी असारभित्र भवन हस्तान्तरण गर्न निर्देशन दिएका छन् । अध्यक्ष अधिकारीले निर्माणाधीन प्रशासकीय भवनको कार्यप्रगतिको स्थलगत निरीक्षण गर्दै आगामी असार मसान्तभित्र निर्माण सम्पन्न गरी भवन हस्तान्तरण गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका हुन् ।
आगामी साउनको पहिलो साता नै नयाँ भवनमा कार्यालय स्थानान्तरण गर्ने योजना रहेको उनले बताए । निर्धारित समयमा काम नसके पुनः म्याद नथप्ने र निर्माण कम्पनीलाई कानूनी कारबाही अघि बढाउने अध्यक्ष अधिकारीको प्रस्ताव गाउँ कार्यपालिकाको बैठकबाट पारित भइसकेको छ । तारकेश्वर नुवाकोटको पर्यटकिय गापा हो ।