एमाले सुर्यगढीको अधिवेसनः
रिजालले पाए अध्यक्षको जिम्मेवारी

विदुर-संगठन विस्तारमा जुटेको सत्तारुढ दल नेकपा एमाले नुवाकोटले पालिका अधिवेसन गरेको छ । जसअन्र्तगत सुर्यगढी गाउंपालिकामा अधिवेसन सम्पन्न भएको छ ।
सुर्यगढी ३ चोकदेमा सम्पन्न एमाले सुर्यगढी गापाको दोश्रो अधिवेसनले सर्वसम्मवत रुपमा नयां नेतृत्व चयन गरेको हो । अधिवेसनले राजेन्द्र रिजालको अध्यक्षतामा ४१ सदस्यीय नयां कार्य समिति सर्वसम्मत रुपम चयन गरेको हो ।
उपाध्यक्षमा करण तामाङ, सचिवमा प्रकाश खड्का, उप–सचिवमा नारायण गिरी र अनिल पाख्रिनलाई चयन गरेको हो । यसअघि, अधिवेसनको नेकपा एमालेका केन्द्रीय सदस्य केशवराज पाण्डे, विन्दा ढुंगाना तथा जिल्ला अध्यक्ष वद्री मैनालीले उद्घाटन गरेका हुन् ।