महादेव क्याम्पसमा नेविसंघ विजयी

सभापतिमा दीपा नेपाल विजयी
लोकखबर
२०८१ चैत्र १३, बुधबार १६:४६

विदुर–नुवाकोटको महादेव क्याम्पस रातमाटेमा नेपाल विद्यार्थी संघ विजयी भएको छ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सो क्याम्पसमा नेविसंघको प्यानल विजय िभउको हो ।
वेलकोटगढी नपा ७ महादेवफांटमा रहेको महानदेव वहुमुखि क्याम्पसमा सम्पन्नस्ववियु निर्वाचनको मत परिणाम अनुसार सभापतिमा नेविसंघकी दीपा नेपाल विजयी भइन् । उनले ५२ मत पप्त गरिन् भने उनका निकटतम अनेरास्ववियुका प्रज्वल लामिछानेले २५ मत पाए ।
सो क्याम्पसमा एकसय १४ मध्ये ८८ मत खसेको निर्वाचन समितिले जनाएको छ । १० मत वदर भएको थियो ।
समानुपातिकतर्फ सो क्याम्पसमा नेविसंघले ५५ र अखिलले २४ मत पाएको छ । सो क्याम्पसमा सत्तारुल दल कांग्रेसको विद्यार्थी संगठन नेविसंघ र एमालेको अनेरास्ववियुले छुट्टाछुट्टै प्यानलसहित उम्मेदवारी दर्ता गरेका थिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको