आगलागी नियन्त्रणका सामग्रीहरु हस्तान्तरण

थपियो सुविधा र सरलता
लोकखबर
२०८१ चैत्र १३, बुधबार १७:३५

विदुर–सुख्खायामसंगै नुवाकोटमा आगजनी नियन्त्रण अभियान सन्चालन गरिएको छ । सरोकारवामला निकायले आगलागी नियन्त्रणमा सामूहिक एकताको कार्य सुरु गरेका छन् ।
चैत्र, वैशाखमा सुख्खा भई आगजनीका घटना हुने भएकाले समयमै सचेत हुनु पर्ने सरोकारवाला निकायले सामूहिक अभियान सन्चालन गरेका हुन् । १२ स्डभिजनत ह रहेको नुवाकोटमा यतिखेर अग्नीरेखा वनाउने र आगजनी हुन नदिने सरसफाई गर्ने कार्यहरुू भइरहेका छन् ।
यसैअन्र्तगत डिभिजन बन कार्यालय नुवाकोटले आगलागी नियन्त्रणका सामग्रीहरु उपलवध गराएको छ । कार्यालयले आगजनी नियन्त्रण अभियानका लागि विभिन्न सामग्रीहरु प्दान गरेहको हो ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटमा वन कार्यालयले वन डढेलो तथा आगलागी नियन्त्रणका सामग्रीहरु कार्यरत सुरक्षा निकायहरुलाई हस्तान्तरण गरेको हो । डिभिजन वन अधिकृत रोशना पोखरेलले प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेलगायत अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरुलाई ति सामग्रीहरु हस्तान्तरण गरेकी हुन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको