वित्तिय साक्षरता सम्वन्धि ¥याली

वैंक तथा वित्तिय संस्थाको सक्रियता
लोकखबर
२०८१ चैत्र १३, बुधबार १८:५०

विदुर–आर्थिक क्षेत्रको क्रियाशीलताका लागि नुवाकोटमा वित्रिय साक्षरता सम्वन्धि ¥याली गरिएको छ । वजार क्षेत्रमा नुवाकोटमा रहेका बैंक तथा वित्तिय संस्थाले जनचेतना जगाउंदै प्रभातफेरी गरेको हो ।
ग्लोबल मनी विक २०२५ को अवसरमा बैंक तथा बित्तिय संस्थाहरुले बजार क्षेत्रमा वित्तीय साक्षरता सम्बन्धि प्रभातफेरी कार्यक्रम सम्पन्न गरेका हुन् । बैंक वित्तिय संस्था तथा बिमा कर्मचारी क्लब नुवाकोटको आयोजनामा गरिएको प्रभातफेरी बट्टारवजारस्थित क्याम्पसबाट शुरु भएर संगमचोक, विदुर, बट्टार वसपार्क हुँदै हावाघरमा पुगेर सम्पन्न भएको हो ।
‘थिंक बिफोर यु फलो वाइज मनी टुमारो’ भन्ने नाराका साथ यो कार्यक्रम सप्ताहव्यापी रुपमा नुवाकोटका विभिन्न बैंक तथा वित्तिय संस्थाहरुले गरिरहेका छन् । कार्यक्रममा सहभागिहरुले वित्तीय साक्षरताको अभिबृद्धि गर्ने विभिन्न ब्यानर तथा प्ले कार्ड प्रर्दशन गरेका थिए ।
बालबालिका र युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारको विकास गर्ने उद्देश्यका साथ आर्थिक सहयोग र विकास संगठन (ओइसिडि) को संयोजनमा सन् २०१२ देखि हरेक वर्ष ग्लोबल मनी विक विश्वभर मनाउने गरिएको छ । नेपालमा यस अभियानको आयोजन नेपाल राष्ट्र बैंकको संयोजनमा २०१३ देखि गरिँदै आएको हो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको