पुर्व राजा तीन दिनमा दुई पटक नुवाकोटमा
विदुर-पूर्वराजा ज्ञानेन्द्र शाह तीन दिनमा दुई पटक नुवाकोट आएका छन् । शुक्रवार र आइतवार सडकमार्ग हुदै नुवाकोटको वट्टार आएका पुर्व राजा ज्ञानेन्द्र शाहकै अगाडि उपस्थित सर्वसाधारणले उनको पक्षमा नारासमेत लगाए ।
सुरुङमार्गले चर्चा पाएको माछापोखरी–टोखा–छहरे–वट्टार सडकमार्गवाट पुर्व राजा शुक्रवार सांझ नुवाकोट आइपुगेका हुन् । त्यस दिन उनले नुवाकोटको मुख्य वट्टारवजारमा आधा घण्टा समय विताएका थिए ।
आफु चढेकोसहित पांचवटा गाडीमा सहयोगीसहित आएको पुर्व राजा ज्ञानेन्द्रले वट्टारको एक होटेलमा उनका शुभचिन्तकसंग १५ मिनेट गोप्य कुरा गरे । त्येतिवेलासम्म उपस्थित सयौंले होटेल परिसरमा उनको पक्षमा नारासमेत लगाए ।
पुर्व राजाले शुभचिन्तकहरुसंग केहि वोलेनन् मात्र हल्ला नगर्न र शान्त वस्न आग्रह गरे । होटलमा केहि साधारण नास्ता गरेर पुर्व राजा त्यहावाट हिडेका थिए ।
पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रवारै नुवाकोट हुँदै गोरखा गएका थिए । उनी सांझ मात्र काठमाडौंको शिवपुरीबाट टोखा–छहरे–गँगटे सडक मार्गबाट नुवाकोटको बट्टार आइपुगेका थिए ।
बट्टारको होटलमा केहीबेर आराम गरेपछि त्रिदेशिय मार्ग अन्र्तगतको देवीघाट–गल्छी सडकमार्गबाट पृथ्वी राजमार्ग हुँदै वेलुकी नै गोरखा प्रस्थान गरेका छन् । नुवाकोटको वट्टारमा पुर्व राजालाई स्वागत गर्न राजापक्षधर तथा सर्वसाधारणसमेत पुगेर फोटोसेसन गरेका थिए ।
पुर्व राजा गोरखाको गोरखनाथ, गोरखकाली र मनकामना मन्दिरमा शनिवार पूजा अर्चनाको लागि जाने क्रममा शुक्रवार वेलुकी नुवाकोटको विदुर आइपुगेका हुन् । छोटो र सजिलो दुरीको वाटो भएको चर्चा पाएका वेला पुर्व राजाले छहरे–टोखाको वाटो हुदै पहिलो पटक यात्रा गरेको जनाइएको छ ।
गोरखा पुगेर शनिवार विभिन्न मठमन्दिरमा पुजाआजा गरेका पुर्व राजा ज्ञानेन्द्र शाह आइतवार सोही मार्ग हुदै पुनः नुवाकाृेटकै वट्टार आइपुगेका हुन् । तीन दिनमा दोश्रो पटक नुवाकोट आएका पुर्व राजा ज्ञानेन्द्र शाहलाई उपस्थित सर्वसाधारणले स्वागत गरे । उनको पक्षमा जारासमेत लर्गाए ।
पुर्व राजाले केहि व्यक्तिसंग कुराकानीसमेत गरेका थिए । आफैं गाडी हांकेर पुर्व राजो ज्ञानेन्द्र शाह आइतवार सांझ नै नुवाकोटको वट्टार–छहरे–टोखा हुदै काठमाडौ गएका हुन् ।











































