भेपसहित युवक पक्राउ
त्रिशूली-नेपाल–चीन प्रवेशको लागि छोटो दुरीको रसुवागढीमा भेपसहित एक युवक फत्राउ परेका छन् । भन्सार छलिएका पौने तीन लाख रुपैयाको सामान जफत गरिएको छ ।
गोसाईकुण्ड गाउँपालिका २ रसुवागढी नाकास्थित इलाका प्रहरी कार्यालय टिमुरे तथा प्रहरी चौकी रसुवागढीबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँच गर्ने क्रममा छमेकी राष्ट्र चीनबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा भेपसहित एक युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । रसुवाको आमाछोदिङ्मो गाउंपालिका ३ गत्लाङका ३१ वर्षिय शेखर तामाङले २ वटा थर्मस र थर्मसको काटुनभित्र लुकाईछिपाई अबैध तरिकाले ल्याएको २४ थान भेप फेला पारी तामाङसहित पक्राउ गरि आबश्यक अनुसन्धानको लागी रसुवा भन्सार कार्यालय टिमुरे रसुवामा बुझाइएको रसुवा प्रहरीले जनाएको छ ।
यसैवीच, पौने तीन लाख रुपैया वरावरको भन्सार छलिको विभिनन सामान जफत गरिएको छ । सामान भन्सार कार्यालय वुझाइएको छ ।
जिल्ला प्रहरी कार्यालय रसुवा तथा मातहत प्रहरी इकाईबाट खटिएको प्रहरी टोलीले टिमुरेबाट काठमाडौंतर्फ जाँदै गरेको सवारी साधनहरुलाई नियमित चेकजाँच गर्ने क्रममा भन्सार छली गरी ल्याएका बिल बिजक नभएको जुत्ता, सस र तयारी सुरुवाल जफत गरिएको प्रहरीले जनाएको छ । वरामद गरिएका सामानहरु क्ुल दुई लाख ६१ हजार ६० रुपैंया बराबरको रहेको छ भने जफत गरिएका सामानहरुलाई कानून बमोजिम बरामद गरी आवश्यक कारवाहीको लागी रसुवा भन्सार कार्यालय टिमुरे रसुवामा बुझाइएको रसुवा प्रहरीले जनाएको छ ।
यता, मैलुङमा जलविद्युत आयोजनाको सामान चोरी कार्यमा संलग्न युवकहरू पक्राउ परेका छन् । रसुवाको उत्तरगया गापा१ मैलुङमा रहेको पावर कन्ट्रक्सन कर्पोरेसन अफ चाइना, माथिल्लो त्रिशूली जलविद्युत आयोजना कम्पनीको स्टोरको जस्तापाता काटेर सो भित्र रहेको कालो ईन्सुलेन्सले बेरिएको विभिन्न्न संरचनाको दुई सय २५ मिटर लामो तामाको तार चोरी गर्ने दुई जनालाई सामानसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
चोरी भएको जानकारी प्राप्त पश्चात तत्काल अस्थायी प्रहरी चौकी मैलुङबाट प्रहरी टोली उक्त स्थानमा खटेर गई अनुसन्धान गरी उक्त चोरी कार्यमा संलग्न रसुवाको उत्तरगया गापा१ सल्लेटारका २१ वर्षिय मेन्सीङ तामाङ र भारतको विहार प्रदेश, पुर्वि चम्पारण सापह मूसवा ३ स्थायी घर भई हाल रसुवाको उत्तरगाया गापा १ मैलुङ क्षेत्रमा बस्ने ४३ वर्षिय आनन्द सहनीलाई तारसहित पक्राउ गरी रसुवा जिल्ला अदालतवाट सात दिनको हिरासतमा राख्ने म्याद थप अनुमती प्राप्त भई हिरासतमा राखेर अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
चोरीको सामानसहित तीन जना पक्राउ
चोरीको सामानसहित चोरी कार्यमा संलग्न युवकहरू रसुवामा पक्राउ परेका छन् । प्हरीले अदालतमा हिरासतमा राख्ने म्याद थपको अनुमति लिएर अनुसन्धान गरिरहेको छ ।
रसुवाको गोसाईकुण्ड गाउंपालिका ं.३ स्थित सिनो हाइड्रो व्युरो एण्ड कम्पनी र रसुवा भोटेकोशी हाइड्रोपावर प्रोजेक्ट कम्पनीको ड्यामसाईटको स्टोरबाट फलामको डण्डी तथा रडहरू चोरी गरि लुकाइछिपाइ बा३ख ३७६६ नम्बरको ट्रिपर गाडीको पछाडीको भागमा बालुवाले छोपी राखेको अवस्थामा सामानसहित पक्राउ गरिएको हो । कुल तीनहजार सातसय किलोग्राम तौल बराबरको फलामको रड र डण्डीको टुक्राहरूसहित ट्रिपर चालक सुजन वाईवा र उक्त चोरी कार्यमा संलग्न कुमार तामाङ र राजेन्द्र घले समेतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
उनीहरुलाई रसुवा जिल्ला अदालतबाट हिरासतमा राख्न ७ दिनको म्याद लिएर अनुसन्धान कार्य भइ रहेको प्रहरीले जनाएको छ । यसैवीच, अवैध व्यापार र भन्सार छली नियन्त्रण गर्न रसुवामा सुरक्षा निकायहरू सक्रिय भएका छन् ।
रसुवाको विभिन्न प्रहरी चेकपोस्टहरूमा खटिएको सुरक्षाकर्मी टोलीले ठुलो परिमाणमा भन्सार छली गरिएको सामान बरामद गरेको छ । सुरक्षा निकायले रसुवागढी नाकामा सक्रियता वढाएका छन् ।











































