विद्यार्थीलाई शैक्षिक सामग्री

विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण, विद्यार्थीहरु उत्साहित
लोकखबर
२०८१ चैत्र १५, शुक्रबार १९:३०

विदुर–विद्यार्थीहरुलाई शिक्षाप्रति उत्साहित गराउने उद्धेश्यले नुवाकोटको जिलिङस्थित एक विद्यालयमा शैक्षिक तथा खेलकुदका विभिन्न सामग्रीहरु प्रदान गरिएको छ । यसवाट विद्यार्थीहरु निकै उत्साहित भएका छन् ।

वेलकोटगढी नगरपालिका ८ जिलिङस्थित कल्याणीदेवी माविमा आयोजित कार्यक्रममा शैक्षिक तथा खेलकुदका सामग्री हस्तान्तरण गरिएको हो । विद्यालयलाई एक थान अल इन वन प्रिन्टर, भलिवल, फुटवल, नेटलगायतका खेलकुद सामग्रीहरु, साहित्यिक पुस्तकहरु, कक्षा ४ देखि १२ सम्मका गरिव तथा जेहेन्दार १२ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्र्रीहरु हस्तान्तरण गरिएको हो ।  नेपाली काङ्ग्रेस सङ्गठन विभाग नुवाकोटले शैक्षिक तथा खेलकुदका विभिन्न सामग्रीहरु हस्तान्तरण गरेको हो । कार्यक्रममा  कांग्रेस नुवाकोटका उपसभापति राजु थापा, सचिव श्रीराम श्रेष्ठ, विद्यालयका अध्यक्ष श्यामकुमार पुडासैनी, प्रधानाध्यापक वुद्धि पुडासैनीलगायतले यसवाट विद्यार्थीहरु शैक्षिक गतिविधिमा मद्धत पुगेको वताए ।

सो विद्यालयमा तीनसय ८७ जना विद्यार्थी अध्ययनरत छन् । सहयोगलाई निरन्तरता दिइने काङ्ग्रेस सङ्गठन विभाग नुवाकोटका प्रमुख श्रीराम श्रेष्ठको भनाई छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको