केन्द्रीय कारागार नुवाकोट जाने सडक शिलान्यास

आवतजावतमा सुविधा
लोकखबर
२०८१ चैत्र १५, शुक्रबार १९:५८

विदुर–नुवाकोटको चण्डीपोखरीमा रहेको केन्द्रीय कारागार पुग्ने सडकको निर्माण सुरु गरिएको छ । विदुर नगरपालिका ५ स्थित बाँडाचौतारो हुँदै केन्द्रीय कारागारसम्म जाने सडक कालोपत्रेको कार्यसमेत सुरु गरिएको हो ।
विदुर ६ चण्डीपोखरीमा रहेको केन्द्रीय कारागारसम्म जाने सडकको कालोपत्रे मोटरबाटोको शिलान्यास गरिएसंगै निर्माण सुरु भएको हो । विदुर नपाका मेयर राजन श्रेष्ठले उक्त पक्कि सडक योजनाको शिलान्यास गरेसंगै निर्माण सुरु भएको हो ।
सघन शहरी तथा भवन निर्माण आयोजनामार्फत सञ्चालन भएको सो योजनामा नालीसहित सडकका अन्य आधारभूत संरचनाहरू समेत निर्माण गरिने मेयर श्रेष्ठले वताए । उनले तोकिएको समयसीमाभित्र गुणस्तरीय निर्माण कार्य सम्पन्न गर्न निर्देशनसमेत दिएका छन् ।
सडक शिलान्यास कार्यक्रममा विदुर नपाकी उपमेयर प्रभा बोगटी, विदुर ५ का वडाध्यक्ष लीलानाथ न्यौपाने, स्थानीय जनप्रतिनिधिहरू तथा सरोकारवालाहरूले गुणस्तरिय र प्रभावकारी कार्य गर्न निर्देशन दिएका छन् । विदुर नपामा सघन शहरी तथा भवन निर्माण आयोजनामार्फत सञ्चालित आठवटा योजनामध्ये केही सञ्चालनमा आइसकेका छन् भने बाँकी योजनाहरू छिट्टै कार्यान्वयन चरणमा लैजाने तयारी गरिएको मेयर राजन श्रेष्ठको भनाई छ ।
सो सडक कुल १२ करोड रुपैयाँको लागतमा निर्माण सुरु भएको विदुर नपाले जनाएको छ । सडक निर्माणसंगै केन्द्रीय कारागार नुवाकोट जान तथा सर्वसाधारणलाई आवतजावत गर्न निकै सुविधा पुग्ने विदुर ५ का वडाध्यक्ष लीलानाथ न्यौपानेको भनाई छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको