अतिवादले परिवर्तन होइन, क्षति मात्रै हुन्छः एमाले उपाध्यक्ष ज्ञवाली
विदुर- गणतन्त्रको पक्षमा सत्तारुढ दल नेकपा एमालेले नुवाकोटमा विभिन्न कार्यक्रम गरेको छ । एमाले नुवाकोटको आयोजनामा सोमवार गणतन्त्र पक्ष नारासहित ¥याली, अन्र्तक्रिया तथा सभा गरिएको हो ।
नुवाकोटमा गणतन्त्रको पक्षमा नेकपा एमालेले जनचेतनाका लागि विविध कार्यक्रम सन्चालन गर्ने योजना अनुसार सोमवार त्रिशूलीवजारमा जुलुश र जनसभा गरेको हो । जनसभामा एमालेका केन्द्रीयस्तरका पदाधिकारी तथा नेताहरुसमेत सहभागी रहेका थिए ।

नेकपा एमाले नुवाकोटले गरेको गणतन्त्रको पक्षमा जागरण तथा राजतन्त्रवादीको भण्डाफोर कार्यक्रमको एमाले केन्द्रीय उपाध्यक्ष तथा पुर्वमन्त्रि युवराज ज्ञवालीले उद्घाटन गरे । उपाध्यक्ष ज्ञवालीले परिवर्तनका नाममा देशमा अतिवाद ल्याउन खोजिएको वताए ।
उनले अतिवादले परिवर्तन होइन, देशमा क्षति मात्रै गर्ने भएको हुंदा राजावादीका नाममा गरिएको गतिविधि संविधान विपरित भएको वताए । उनले अतिवादी समूहले गरेको आक्रमणले सवैतिर क्षति गरेको उल्लेख गर्दै त्यो क्षति उनीहरुलाईसमेत भएको वताए ।
तोडफोड, आगजनी, लुटपाट अतिवादको कार्य भएको उल्लेख गर्दै उपाध्यक्ष ज्ञवालीले परिवर्तन त जनताको मन जितेर ल्याउन सक्नु पर्ने चुनौती दिए । ऋण तिर्न नसकेका दुर्गा प्रसाइले केहि व्यक्तिलाई उकासेर देशमा परिवर्तन नहुने उनले वताए ।

देशमा २०६२÷०६३ मा भएको जनआन्दोलनको वलमा २०६४ सालमा संविधान सभामार्फत देशमा राजतन्त्र अन्त्य भइसकेका कारण कुनै पनि हालतमा देशमा राजतन्त्र नआउने उपाध्यक्ष ज्ञवालीले वताए । परिवर्तनका नाममा मृत भइसकेको संस्था व्युतिन नसक्ने उनले वताए ।
देशको संविधान विपरितको कार्य गर्ने जोसुकै पनि कारवाहीको दायरामा लयाउनु पर्ने उनले वताए । जनताले चुनेका जनप्रतिनिभिहरुले वनाएको वर्तमान संविधान विश्वमै लोकप्रिय रहेकोसमेत उपाध्यक्ष ज्ञवालीले दावी गरे ।
सोही कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा नुवाकोट इन्चार्ज केशवराज पाण्डेले कुनै पनि दलले स्पष्ट वहुमत नल्याउंदा देशमा अनेक प्रकारका तानावुना सुरु भएको कारण त्यसको एमालेले प्रतिवाद गर्ने वताए । उनले २०८४ को निर्वाचनमा एमालेले वहुमत ल्याएर सरकार वनाउनेसमेत वताए ।
कार्यक्रममा अर्का केन्द्रीय सदस्य विन्दा ढुंगानाले आम सर्वसाधारणलाई उकासेर तोडफोेड र आगजनी गरेर देशमा परिवर्तन ल्याउंछु भन्नु दिवास्वप्ना मात्रै भएको वताइन् । उनले देशमा संविधान विपरितको गतिविधि गर्ने छुट कसैलाई पनि नभएको वताइन् ।
एमालेले गणतन्को जागरण सन्देश दिन विभिन्न स्थानवाट त्रिशूलीवजारसम्म जुलुस निकालेको थियो । एमाले नुवाकोटका अध्यक्ष तथा पुर्व प्रदेशमन्त्रि वद्री मैनालीको नेतृत्वमा निकालिएको जुलुसमा नेता–कार्यकर्ता सहभागी थिए ।
प्रदर्शनमा एमालेका केन्द्रीय सदस्यहरु तथा नेता कार्यकर्ताहरु सहभागी रहेका थिए । जुलुशसहितको प्रदर्शनमा उत्रेका उनीहरूले गणतन्त्र जिन्दावाद, जन्मसिद्ध श्रेष्ठता अस्वीकार गरौं, दास र रैती बन्न मञ्जुर छैन, जनताको बहुदलीय जनवाद जिन्दावादजस्ता नारा लगाएका छन् ।
एमालेले चैत्र १५ गते राजावादीहरूले काठमाडौंको तीनकुनेमा मच्चाएको हिंसा, हत्या र लुटपाटको पनि विरोध गर्दै संलग्नहरुमाथि कडा कारबाही गर्न माग गरेका छन् । एमाले नुवाकोटको ’जागरण सभा’ विदुर नपा –१ स्थित त्रिशूली बजारमा गरिएको हो ।

पार्टी केन्द्रिय उपाध्यक्ष युवराज ज्ञवालीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न पालिकामा रहेका पार्टीको कार्यकर्ता सहित विभिन्न जनसंगठन, पेसागत संगठन, सम्पर्क समन्वय कमिटी र विभागहरूको सहभागिता रहेको थियो । यसका साथै गणतन्त्रको पक्षमा एमालेले विविध कार्यक्रमहरु गरिरहेको छ ।
अन्र्तक्रिया, भेला तथा जनचेतनामुलक कार्यहरु टोल, गाउं, वडा तथा स्थानीय तहस्तरमा गरिसकिएको एमाले नुवाकोटले जनाएको छ । नेकपा एमालेको केन्द्रीय निर्देशनअनुसार सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न देशव्यापी जनसचेतना अभियान सञ्चालन गर्ने क्रममा नुवाकोटको ८८ वटै वडामा जनचेतना सम्प्रेषणको लागि भेला तथा अन्र्तक्रिया सम्पन्न गरिएको एमाले नुवाकोटका अध्यक्ष वद्री मैनालीले जानजकारी दिए ।
अध्यक्ष बद्री मैनालीको अध्यक्षतामा पार्टीका आ–आफ्नो क्षेत्रमा सृजनात्मक ढंगले लागू गर्न निर्देशन दिए अनुसार नेता तथा कार्यकर्ताहरु परिचालन भएका हुन् । केन्द्रीय निर्देशन अनुरुप वडा केन्द्रीत जनसचेतना कार्यक्रम समपन्न भइसकेको एमाले जिल्ला सदस्य दीपक कार्कीले जानकारी दिए ।
यसका साथै यहि चैत्र २६ गते बट्टारमा हुने अभिमुखीकरण कार्यक्रममा जिल्ला कमिटीका सदस्य, पालिका कमिटीका पदाधिकारी, जनसंगठनका पदाधिकारी, निर्वाचित वडाध्यक्ष, कार्यपालिका सदस्य र वडा कमिटीका अध्यक्षहरुलाई सहभागी हुन पार्टीले परिपत्र गरेको छ । सरकार र एमाले विरुद्ध भ्रम सिर्जना गर्ने कार्य भइरहेको र यसलाई नियन्त्रणका लागि उक्त अभियान सन्चालन गरिएको एमाले नुवाकोटका उपसचिव तथा जनसंगठन विभाग प्रमुख राजेन्द्रप्रकाश पाण्डेले जानकारी दिए ।











































