बिदुरमा पार्किङस्थल निर्माण
विदुर–विदुर नगरपालिकाले जिल्ला प्रशासन कार्यालय अगाडि पार्किङस्थल निर्माण गरेको छ । सर्वसाधारणको सुविधाका लागि प्रयोग नभएको खाली जग्गा सदुपयोग गरि विदुर नपाले हेभी इक्युपमेण्ट प्योग गरेर पार्किङस्थल वनाएको हो ।
विदुर नपा २ विदुरस्थित जिल्ला प्रशासन कार्यालय अगाडि रहेको प्रयोगबिहीन खाली जग्गालाई व्यवस्थित बनाई जिल्ला प्रशासन कार्यालयसहित वडा कार्यालय, अदालत, नापी, मालपोतलगायत आसपासमा रहेका विभिन्न सरकारी तथा अन्य कार्यालयका सेवाग्राहीलाई सहज बनाउनको लागी विदुर नपामार्फत पार्किङ स्थल बनाइएको मेयर श्रेष्ठले वताए । यसका साथै बिदुरमा फिटनेस ब्यायामशालाको लागि विदुर नपाको जेसिभि प्रयोग गरि काम गरिएको मेयर श्रेष्ठको भनाई छ ।
मेयर राजन श्रेष्ठको निर्देशन अनुसार प्रयोगबिहीन खाली जग्गालाई व्यवस्थित बनाई गाडी, मोटरसाइकल, साइकलको पार्किङ स्थल बनाइएको हो । यसवाट आवतजावतमासमेत सुविधा पुगेको विदुर नपाले जनाएको छ ।












































