गणेश माविले उचाल्यो राष्ट्रपति रनिङशिल्ड खेलकुदको उपाधि

खेलाडि पहिचानमा मद्धत
लोकखबर
२०८१ चैत्र २५, सोमबार २०:०६

विदुर– खेलाडि पहिचानमा जोड दिदै नुवाकोटको सुर्यगढीमा सन्चालित पांचौं राष्ट्रपति कप रनिङशिल्ड खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितावाट स्थानीयस्तरमा रहेका खेलाडिहरुको प्रतिभा पहिचानमा मद्धत पुगेको छ ।
सुर्यगढी गाउंपालिकाले सुर्यगढी ४ आमभन्ज्याङस्थित खेल मैदानमा सो प्रतियोगिता सम्पन्न गरेको हो । प्रतियोगितामा सर्वाधिक पदक जितेर सुर्यगढी गापा ४ जामुनेको गणेश मावि प्रथम भएको छ ।
उपाधि विजेता गणेश माविले कुल १९ स्वर्ण १० रजत र नौ कास्य पदक जितेको हो । तीन दिनसम्म सन्चालन भएको प्रतियोगितामा सुर्यगढी ४ हल्देकालिकास्थित कालिका मावि उपविजेता भएको छ ।
कालिकाले कुल चार स्वर्ण नौ रजत र पांचै कास्य पदक जितेको हो । सुर्यगढी ५ गणेशस्थानको गणेश मावि तृतीय भएको छ । तृतिय भएको गणेश माविले कुल तीन स्वर्ण चार रजत र तीन कास्य पदक जितेको हो ।
सुर्यगढी १ छापको मंगलादेवी माविले सान्त्वना पुरस्कार हात पारेको छ । मंगलादेवीले कुल तीन स्वर्ण दुई रजत र ६ कास्य पदक जितेको हो ।
विजेता विद्यालय तथा खेलाडिहरुलाई कार्यक्रमकावीच वागमति खेलकुद परिषदका सदस्यसचिव दीपक लामाले पुरस्कार वितरण गरे । विजेता विद्यालय तथा खेलाडिहरुलाई शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्दान गरिएकको हो ।
पुरस्कृत गर्दै सदस्यसचिव लामाले विद्यालयस्तरवाटै सुरु गरिएको खेल गतिविधिले मानवलाई अनुशासासित, मर्यादित र स्वस्थ्य वनाउने भएको वताए । खेल क्षेत्रको विकास र विस्तारलाई तीनै तहको सरकारले प्राथमिकता दिएको वताए ।
कार्यक्रममा आयोजक सुर्यगढी गापाका अध्यक्ष शन्तवहादुर घलेले खेल जगतवाटै नेपालका खेलाडिहरुले अन्र्तराष्ट्रियस्तरमा पदक प्राप्त गरिसकेका कारण तीन दिनसम्म उत्साहित वनाएर खेल कौशल प्रदर्शन गरेकोमा विद्यार्थी खेलाडिहरुलाई सम्मान व्यक्त गरे ।
कार्यक्रममा आयोजक सभापति सुर्यगढी ४ का वडाध्यक्ष तथा गणेश माविका अध्यक्ष रामशरण राइलगायतले खेल जीवनले विद्यार्थीहरुलाई अनुशासित वनाउने भएका कारण यसलाई निरन्तरता दिइएको वताए । तीन दिनसम्म सन्चालन भएको प्रतियोगितामा एथ्लेटिक्सका साथै भलिवललगायत विभिन्न ३० विद्यामा विद्यार्थी खेलाडिहरुवीच प्रतिस्पर्धा भएको थियो ।
प्रतियोगितामा सुर्यगढी गापाका नौ विद्यालयवाट तीनसय ५० जना विद्यार्थी खेलाडिहरुको सहभागिता रहेको आयोजक सुर्यगढी गापा अध्यक्ष शन्तवहादुर घलेले जानकारी दिए । ३० स्वर्ण, ३० रजत र ३० कास्य पदका लागि सुर्यगढी गापामा रहेका विभिन्न विद्यालयमा अध्ययरनत विद्यार्थी खेलाडिहरु सहभागी भएका थिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको