वैकल्पिक सडकमार्ग निर्माण

विदुर–नुवाकोटको गंगटेबाट आंपघारी जोड्ने वैकल्पिक सडक मार्गको निर्माण गरिएको छ । सडकको निर्माणसंगै ढलान कार्य गरिएको छ ।
विदुर नगरपालिका ५ स्थित गगटेबाट विदुर ४ स्थित आंपघारी जोड्ने वैकल्पिक सडक मार्गमा विदुर नपामार्फत ढलान कार्य भइरहेको छ । यसवाट सर्वसाधारणलाई निकै सुविधा पुगेको छ ।
उक्त निर्माण कार्यको विदुर नपाका मेयर राजन श्रेष्ठ, सघन शहरी आयोजना कार्यालयका प्रमुखसहितका प्राविधिक टोली, विदुर ४ का वडाध्यक्ष निलमबाबु ढुङ्गेल र अन्य सरोकारवालाहरुले स्थलगत निरीक्षण गरेका छन् । उनीहरुले प्रभावकारी र गुणस्तरिय कार्य गर्न निर्देशनसमेत दिएका छन् ।
निरीक्षणका क्रममा ढलान कार्य यथाशिघ्र सम्पन्न गर्ने तथा आगामी चरणमा सो सडकलाई थप विस्तार गर्दै कालोपत्रे (आस्फाल्ट) गर्ने काम अघि बढाउने निर्देशन दिइएको छ । वैकल्पिक सडकमार्गको निर्माणले यातायातको चापलाईसमेत नियन्त्रण गरेको छ ।