ऐतिहासिक सिंढी निर्माण सुरु

ऐतिहासिक पर्यटनमा जोड
लोकखबर
२०८१ चैत्र २६, मंगलवार १९:४७

विदुर–धार्मिक पर्यटनमा जोड दिदै नुवाकोटको ऐतिहासिक स्थल साततले दरवार जाने पैदलमार्ग निर्माण सुरु गरिएको छ । यसले आन्तरिक तथा वाह्य पर्यटनमा वढोत्तरी हुने लक्ष्य रहेको छ ।
उक्त निर्माण कार्यको विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले मंगलवार शिलान्यास गरे । उनले वहुवर्षिय कार्यक्रमअन्र्तगत निर्माण सुरु गरिएको यस सिढीले सर्वसाधारणलाई आवतजावतमा सुविधा पुग्नुका साथै धार्मिक पर्यटनमा मद्धत पुग्ने वताए ।
पासाङल्हामु सडकमार्गको वीचमा रहेको विदुर नगरपालिका–१ बान्द्रेबाट विदुर नपा–२ स्थित ऐतिहासिक नुवाकोट साततले दरबारसम्म आउजाउ गर्न सुविधाका लागि ढुङ्गा बिछ्याएर निर्माण कार्य थालिएको हो । सिढीँ पदमार्गवाट ऐतिहासिक स्थलको सम्वद्र्धनमा मद्धत पुगेको उपमेयर प्रभा वोगटीले वताइन् ।
कुल ३५ लाख रुपैयाको लागतमा ’प्रधानमन्त्री रोजगार कार्यक्रम’संगको साझेदारीमा चालु आर्थिक वर्षमा निर्माण कार्य सुरु भएको हो । शिलान्यास कार्यक्रममा विदुर १ का वडाध्यक्ष लेनिन रञ्जित, भूमि समस्या समाधान समिति नुवाकोटका सदस्य माधव रिजाल निर्माणको जिम्मेवारी लिएको उपभोक्ता समितिका अध्यक्ष महेन्द्र श्रेष्ठ, पदाधिकारी तथा स्थानीय सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
उक्त सिढीँ पदमार्गको रोजगार उपभोक्ता समिति मार्फत काम थालिएको हो । सिढीँ निर्माणको लागी चालु आर्थिक वर्षमा ३५ लाखको काम हुने र आगामी वर्ष निरन्तर कार्य थपिदै जाने विदुर नपाले जनाएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको