राष्ट्रपति रनिङशिल्डको तयारी अन्तिम
विदुर–१४ औं राष्ट्रपति रनिङशिल्ड नुवाकोट जिल्लास्तरिय खेलकुद प्रतियोगिता २०८१ तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला खेलकुद विकास समितिको आयोजना र पन्चकन्या गाउंपालिकाको व्यवस्थापनमा सो प्रतियोगिता आयोजना गरिएको हो ।
पन्चकन्याको पर्यटकिय घ्याङस्वारामा सन्चालन तय भएको सो प्रतियोगिताको तयारी स्वरुप वुधवार लोगो सार्बजनिक गरिएको छ । प्रतियोगिताका लागि आवस्यक तयारी अन्तिम चरणमा पुगेको आयोजक एवं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बिजय गुरुङले जानकारी दिए ।
प्रतियोगितामा नुवाकोटको १२ वटै स्थानीय तहवाट खेलाडिहरु सहभागी हुने जानकारी गराउदै पन्चकन्या गापाका अध्यक्ष तेजबहादुर तामाङ ’रमेश’ले जानकारी दिए । उनका अनुसार शान्त, सभ्य र चिसो वातावरणमा हुने प्रतियोगिताले खेलाडिहरु निकै उत्साहित हुने अपेक्षा गरिएको छ ।
घ्याङस्वाराको खेल मैदानमा हुन गइरहेको १४ औँ राष्ट्रपति रनिङ शिल्ड जिल्लास्तरिय प्रतियोगितामा एथ्लेटिक्स, भलिवललगायत विभिन्न खेलहरु हुनेछ । प्रतियोगिताको उद्घाटन यहि चैत्र २९ गते शुक्रवार बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामातामाङले गर्ने तय भएको छ ।
क्लाकारहरुको साँगितिक प्रस्तुतीसमे्त रहनेछ । चार दिने प्रतियोगिताको समापन साथै आगामी २०८२ साल बैशाख १ गते नयाँ बर्षका दिन हुने जनाइएको छ ।
समापनका दिन प्रतियोगिताका विजेता तथा उपविजेताहरुलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं प्रतिनिधि सभा सदस्य हितबहादुर तामाङले पुरस्कृत गर्ने तय भएको छ । प्रतियोगितामा सहभागिताका लागि नुवाकोटका सवै स्थानीय तहहरुलाई पत्राचार गरिसकिएको आयोजकले जनाएको छ ।












































