किस्पाङमा कृषि रुपान्तरण कार्यक्रम

आठ प्रकारका कृषि सामग्रीहरु हस्तान्तरण
लोकखबर
३० चैत्र २०८१, आईतवार २०:५४

विदुर–किसानहरुलाई उत्साहित वनाउने उद्धेश्यले नुवाकोटको पश्चिमी भेगमा रहेको किस्पाङमा कृषि रुपान्तरण कार्यक्रम सन्चालन गरिएको छ । यसवाट ग्रामीण भेग किस्पाङवासी किसानहरु आधुनिक कृषि गतिविधिमा केन्द्रीत भउका छन् ।
किस्पाङ गाउंपालिकाले आफ्ना पांचवटै वडामा महिला कृषि समूहमार्फत कृषि रुपान्तरण कार्यक्रम सन्चालन गरेको हो । १८ वटा महिला कृषि समूहमार्फत पालिकाले आयअर्जन र स्वरोजगारको अभियानसमेत सन्चालन गरेको किस्पाङ गापा उपाध्यक्ष अर्जुनप्रसाद न्यौपानेले जानकारी दिए ।
उनका अनुसार तरकारी खेति तथा वाख्रापालनलाई पहिलो प्राथमिकता दिएर विभिन्न सामग्रीहरुसमेत प्रदान गरिएको छ । किस्पाङ गापामा रहेको महिला कृषि समूहमा हालसम्म चारसय ५१ जना मुल सदस्यका रुपवमा आवद्ध भइसकेका छन् ।
कृषि रुपान्तरण कार्यक्रम अन्र्तगत हालसम्म विभिन्न आठ प्रकारका कृषि सामग्रीहरु हस्तान्तरण गरिसकिएको छ । जसअन्र्तगत ६० वटा थोपा सिंचाइ, १५ वटा विउ वोका, एकसय ४० थान प्लाष्टिक हजारी, एकसय २० थान प्लाष्टिक वेल्ट, एकसय ४० थान प्लाष्टिक ड्रम, एकसय ४० वटै काट्ने मेसिन सिकेचर, एकसय २० रोल प्लाष्टिक र अर्को छुट्टै ८५ रोल प्लाष्टिक किसानहरुलाई प्रदान गरिएको किस्पाङ गापा कार्यालय काहुलेले जनाएको छ ।
ति कृषि सामग्रीहरु महिला कृषि समूह रहेका सम्वन्धित वडामै पुगेर गापा उपाध्यक्ष अर्जुनप्रसाद न्यौपाने, सम्वन्धित वडाका वडाध्यक्षहरुले हस्तान्तरण गरे । उपाध्यक्ष न्यौपानेले कृषि रुपान्तरणका लागि कृषि सामग्रीहरुको भरपुर सदुपयोग गरेर आयआर्जन र उतपादन वृद्धितर्फ केन्द्रीत हुन किसानहरुलाई सुझाव दिएका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*