गृहिणी महिला सिप विकास कार्यक्रम

आयआर्जनका लागि बाख्रा हस्तान्तरण
लोकखबर
६ बैशाख २०८२, शनिबार २०:०६

विदुर–नुवाकोटको खड्गभञ्याङमा महिलाहरुका लागि सिप विकास कार्यक्रम सन्चालन गरिएको छ । यसवाट महिलाहरुलाई स्वरोजगारमा लाग्न मार्ग मिलेको छ ।
विदुर नगरपालिकाले आयआर्जन, महिला शसक्तिकरण र स्वरोजगारमा जोड दिदै खड्गभञ्याङका महिलाहरुका लागि कार्यक्रम सनचालन गरेको हो । विदुर नपा–३ खड्गभञ्याङमा सञ्चालन गरिएको ‘गृहिणी महिला सशक्तिकरण, सिप तथा व्यावसायिक विकास’ अन्र्तगत बाख्रा प्रदान गरिएको छ । स्थानीय गृहिणी महिलाहरुको माग र आवस्यकता अनुसार सो कार्यक्रम सन्चालन गरिएको हो ।
कार्यक्रमअन्र्तगत महिलाहरुलाई सिप सिकाएर ३३ जना गृहिणीहरुलाई विदुर नपाले बाख्रा उपलब्ध गराएको छ । गाउंमै पुगेर गृहिणीहरुलाई विदुर नपाका मेयर राजन श्रेष्ठले हस्तान्तरण गरे ।
विदुर नपाको तर्फबाट उपलव्ध गराइएको १५ दिने वाख्रापालन तालिमसंगै दुई हजार रुपैया र सहभागीहरुले केहि रकम थप गरेर ३३ जना गृहिणीहरुलाई बाख्रा उपलब्ध गराइएको हो । मेयर श्रेष्ठले यसवाट गृहिणीहरुलाई आयआर्जनमा मद्धत पुगेको र अन्य क्षमता विकासका कार्यहरुसमेत थप गर्दै लगिने वताए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*