सर्वाधिक राशीको राष्ट्रिय भलिवल प्रतियोगिता सुरु

पुर्वमन्त्रि केसीले गरे उद्घाटन
लोकखबर
२०८२ बैशाख ७, आईतवार २१:२३

विदुर–भलिवल खेलको विकास तथा खेलाडि पहिचानका लागि नुवाकोटको म्यागङमा राष्ट्रियस्तरको भलिबल प्रतियोगिता सन्चालन भएको छ । सो प्रतियोगिताका विजेताले सर्वाधिक राशीको पुरस्कार हात पार्नेछन् ।
म्यागङ गाउँपालिकाको आयोजनामा तेश्रो अध्यक्ष कप राष्ट्रिय भलिवल प्रतियोगिता आइतवारदेखि सुरु भएको हो । प्रतियोगिताको कार्यक्रमकावीच पुर्वमन्त्रि तथा प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले उद्घाटन गरे ।
उनले खेल गतिविधिले मानव जीवनलाई शारिरीक, मानसिक र स्वास्थ्यका रुपमा योगदान पु¥याउने भएका कारण यसलाई तीनै तहको सरकारले प्राथमिकतामा राखेको वताए । यस प्रतियोगिताले खेलाडिहरुको पहिचान र खेलकुदको सम्वद्र्धनमा मद्धत पुगेको वताए ।
“राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद’ भन्ने मुला नाराका साथ सन्चालित सो प्रतियोगिता नुवाकोटको म्यागङ गापा ५ सामरी खेल मैदानमा सुरु भएको हो । प्रतियोगितामा विभिन्न जिल्लाका स्थानीय तहका १५ वटा भलिवल टिमको सहभागिता रहेको छ ।
प्रतियोगिता उद्घाटन कार्यक्रममा संविधान सभा सदस्य जगदीश्वरनरसिंह केसी, जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, आयोजक म्यागङ गापा अध्यक्ष आशावहादुर तामाङ, उपाध्यक्ष सीता वाइवा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विजय गुरुङलगायतले यस प्रतियोगिताले खेल पर्यटनलाई सहयोग पु¥याएको वताए । प्रतियोगिता यहि वैशाख १२ गतेसम्म म्यागङ ५ सामरीस्थित जालपादेवी मन्दिर खेल मैदानमा भइरहेको छ ।
म्यागङ गापा अध्यक्ष आशावहादुर तामाङले ऐतिहासिकस्थलमा सामरीको जालपा मन्दिर परिसरमा तेश्रो संस्करणको राष्ट्रियस्तरको भलिबल प्रतियोगिता सन्चालन गरिएको र यसवाट खेल र खेलाडिहरुको स्तर विकास हुने वताए । उनका अनुसार पृथ्वीनारायण शाहले नेपाल एकीकरणको समयमा सो मन्दिरमा पुजाआजा गरी नुवाकोट विजय हासिल गरेको हुनाले उक्त स्थानमा तेस्रो संस्करणको राष्ट्रिय भलिबल प्रतियोगिता सन्चालन गरिएको हो ।
प्रतियोगितामा सहभागिताका लागि नेपालका सातसय ५३ वटै स्थानीय तहलाई आव्हान गरिएको अध्यक्ष तामाङको भनाई छ । “प्रतियोगिता अवधिभर पालिकाका क्षेत्रमा सञ्चालन आएका होटेल तथा रेष्टुरेण्टहरुमा खाना तथा आवासको सुपथ मुल्यदर कायम गरिएको छ”– उनले अगाडि भने ।
उपाध्यक्ष सीता वाइवाले यसले खेल र खेलाडिहरुको स्तर उकास्न योगदान दिएको वताइन् । म्यागङ गापाले प्रतियोगितालाई व्यवस्थित र मर्यादित गर्दै राष्ट्रिय खेल भलिबल खेलको प्रबद्र्धनको लागि अपनत्व लिँदै आईरहेको पालिका वाइवाले बताइन् ।
प्रतियोगितामा प्रथम हुने पालिकाले नगद ३ लाख ३ हजार ३ सय ३३ रुपैयाँ, शिलड, मेडल र प्रमाणपत्र पुरस्कार थाप्नेछ । प्रत्येक विद्यामा विजेता खेलाडिहरुले पनि नियम अनुसार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा द्वितीय र तृतीयले क्रमशः २ लाख २ हजार २ सय २२ रुपैयाँ र १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने सहआयोजक म्यागङ गाउँपालिका युवा क्लबका अध्यक्ष विजय गुरुङले जानकारी दिए । उनका अनुसार यस प्रतियोगिताले खेल पर्यटनमा वढोत्तरी हुने लक्ष्य रहेको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको