एकिकृत शिविरवाट सर्वसाधारणलाई सुविधा

विभिन्न सेवाहरु प्रदान
लोकखबर
२०८२ बैशाख ७, आईतवार २१:२६

विदुर–नुवाकोटको ककनीमा एकीकृत घुम्ती शिविरवाट सर्वसाधारणले सेवा लिएका छन् । ककनी गाउँपालिकाले विभिन्न स्थानमा एकीकृत घुम्ती शिविर सम्पन्न गरेको हो ।
विभिन्न वडामा रहेका सर्वसाधारणको सुविधााका लागि गापा कार्यालयले स्वास्थ्य, पशु, कृषि, घटना दर्तालगायतको सेवार एकैपटक प्रदान गरिएको अध्यक्ष सुमन तामाङ सज्जनले जानकारी दिए । सार्वजनिक सरोकारका कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले एकीकृत घुम्ती शिविर सम्पन्न गरिएको प्रमुख प्रशासकीय अधिकृत खम्वराज राईको भनाई छ ।
ककनी गापाको विभिन्न वडामा गरिएको शिविरबाट प्रत्येक वडामा एकसय जना भन्दा वढि सर्वसाधारणको स्वास्थ्य परिक्षण, जन्मदार्ता, विवाह दर्ता, सम्बन्ध विच्छेद, घरेलु उद्योग नवीकरण, दर्ता, तरकारी बीउ विजन र बिषादी वितरणका साथै गाईभैंसीलगायत पशुहरुको गोबर परिक्षण गरिएको छ । ककनी गापाले एकीकृत घुम्ती शिविर संचालन गरि वडावासीलाई गाउंमै पुगेर सेवा दिदा सेवाग्राहीहरु खुसी भएको र शिविर प्रभावकारी भएको ककनी गापा कार्यालय रानीपौवाले जनाएको छ ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको