महिला उद्यमी भेला सम्पन्न

नयां कार्यसमिति चयन
लोकखबर
८ बैशाख २०८२, सोमबार २१:५०

विदुर-नेपाल घरेलु तथा साना उद्योग महासंघ नुवाकोट अन्र्तगतका महिला उद्यमीहरुको पहिलो भेला विदुरमा सम्पन्न भएको छ । महासंघको १५ औं जिल्ला अधिवेशनपछि पहिलो भेलाले महिला उद्यमीको एकता संगठित गरेको हो ।
कार्यक्रममा महिला उद्यमशीलता प्रवद्र्धन तथा सशक्तिकरणमा केन्द्रीत विभिन्न विषयमा अन्र्तक्रियासमेत गरिएको छ । भेलाले धनकुमारी रिजालको अध्यक्षतामा नयाँ जिल्ला महिला कार्य समिति चयन गरेको छ ।
नयाँ समितिको वरिष्ठ उपाध्यक्षमा सन्तुमाया तामाङ, उपाध्यक्षमा सम्झना पन्त, महासचिवमा रजनी थापामगर र कोषाध्यक्षमा रेखा तिवारी चयन भएका छन् । सदस्यहरूमा कोपिला श्रेष्ठ, सबिना ढुंगाना, गीता पुडासैनी, उषाकिरण अर्याल, शोभा श्रेष्ठ र अस्मिता खड्का चयन भएका छन् ।
भेलामा बागमती प्रदेश महिला उद्यमी समितिकी उपाध्यक्ष शान्ति प्रधानले महिला उद्यमशीलताको सशक्तिकरणमा एकजुट भई अगाडि बढ्न आह्वान गरिन् । कार्यक्रममा प्रदेश सदस्य अनील शाक्य, महासंघका जिल्ला अध्यक्ष रामकृष्ण राजभण्डारी, उपाध्यक्ष लक्ष्मी प्रधान, अपांंङ उद्यमशीलता तथा सिप विकासका सचिव रुपा थापालगायतले महिला उद्यमशीलता विकास, अधिकार संरक्षण तथा महासंघका भावी योजना र कार्यक्रमबारे सामूहिक एकता हुनुपर्ने र नयाँ कार्यसमिति चयनसँगै महिला उद्यमशीलताको क्षेत्रमा थप योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *