गृहिणी महिला शसक्तिकरण कार्यक्रम

सिपमुलक कार्य प्रदान
लोकखबर
९ बैशाख २०८२, मंगलवार १९:५९

विदुर–नुवाकोटको किस्पाङमा गृहिणी महिलालाई शसक्तिकरण कार्यक्रम सन्चालन गरिएको छ । यसवाट ग्रामीण महिलाहरुलाई सिप सिकाएर आत्मनिर्भरसहित स्वरोजगार वनाइएको छ ।
किस्पाङ गाउँपालिकाले गाउंका महिलाहरुलाई विभिन्न सिपमुलक कार्यक्रम सन्चालन गरेको छ । किस्पाङ गापा कार्यालयद्वारा गृहिणी महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको हाते होजियारी तालिम सम्पन्न भएको छ ।
सो कार्यक्रमअन्र्तगत सन्चालित तालिममा किस्पाङ ५ मनकामनाका २१ जना गृहिणी महिलाहरूको सहभागिता रहेको थियो । तालिमको किस्पाङ गापाका उपाध्यक्ष अर्जुनप्रसाद न्यौपानेले समापन गरे ।
उनले सिकेको सिपलाई व्यवहारमा उतारेर महिलाहरुलाई आयआर्जनमा केन्द्रीत हुन सुझाव दिए । सहभागी गृहिणीहरुलाई किस्पाङ गापा उपाध्यक्ष न्यौपाने, किस्पाङ ५ का वडाध्यक्ष प्रकाश तामाङ डिम्डुङलगायतले प्रमाणपत्र प्रदान गरे ।
सहभागी गृहिणी महिलाहरुलाई प्रशिक्षक विष्णुकुमारी तामाङले हाते होजियारी अनर्तगत विभिन्न प्रकारका टोपी, कानपट्टी, गलबन्दी, मोजा बुनाई सम्बन्धि सीपमूलक तालिम प्रदान गरेकी हुन् । किस्पाङ ग्रामीण पर्यटकिय भेग हो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*