करेण्ट लागेर मजदुरको ज्यान गयो
विदुर–नुवाकोटको वट्टारवजारस्थित एक मोटर ग्यारेजमा कार्यरत मजदुरको करेण्ट लागेर ज्यान गएको छ । विदुर नगरपालिका ४ बट्टारवजार वसपार्कमा रहेको ग्यारेजमा करेन्ट लागेर कार्यरत एक जना मजदुरको ज्यान गएको हो ।
स्थानीय दिनेश मेकानिकल वर्कशप(ग्यारेज)मा कार्यरत रौतहटको चन्द्रनिगापुर नपा चपुरका ३५ वर्षिय भुवन गौतमको काम गर्ने क्रममा करेन्ट लागेर जयान गएको जिल्ला प्हरी कायाृलय नुवाकोटले जनाएको छ । काम गर्ने क्रममा मंगलवार करेण्ट लागेर घाईते भएको गौतमलाई उपचारको लागी त्रिशूली .अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरिक्षक विक्रम लामाले जानकारी दिए ।
उनका अनुसार मृतक गौतमको शव पोष्टमार्टमका लागि नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा राखिएको छ । घटनका सम्वन्धमा थप अनुसनधान भइरहेको डिएसपी लामाले जानकारी दिए ।
मजदुर गौतम उक्त ग्यारेजमा गाडीको पत्ता सम्बन्धि काम गर्दै आएका थिए । वट्टार वसपार्कमा रहेको वर्क शपमा काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा त्रिशूली अस्पतालमा मृत्यु भएको हो ।











































