अनुमति नलिई पसल सन्चालन

विदुर–वजारमा गुणस्तरहिन वस्तुको विक्रि वितरण भइरहेको गुनासो आएपछि नुवाकोटका विभिन्न वजार अनुगमन गरिएको छ । अनुमगमनका क्रममा अखाद्य वस्तु जफत गरिएको छ ।
संयुक्त वजार अनुगमन टोलीले नुवाकोटको साततले दरवार वजार क्षेत्रमा रहेका किराना पसल, खाजाघर तथा खाद्यान्न सप्लायर्सहरुको स्थलगत अनुगमन गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाइको नेतृत्वमा गएको संयुक्त टोलीले विभिन्न नौ वटा अस्पताल तथा पसलहरुमा अनुगमन गरिएको उद्योग तथा वाणिज्य कार्यालय नुवाकोटले जनाएको छ ।
संयुक्त बजार अनुगमन समितिद्वारा विदुर नगरपालिका २ नुवाकोट बजारमा अनुगमन गरेको हो । टोलीले ६ वटा किराना तथा खाद्यान्न पसल, दुई वटा खाजा घर र एउटा मासु पसल अनुगमन गरेको हो ।
अनुगमनका क्रममा एउटा खाजाघर दर्ता नभई सन्चालन भएको पाइएको छ । सात दिनभित्र दर्ता गरेर मापदण्ड अनुसार सन्चालन गर्न निर्देशन गरिएको अनुगमनका सहभागी उद्योग तथा वाणिज्य कार्यालय नुवाकोटका प्रमुख किशोर सापकोटाले जानकारी दिए ।
उनका अनुसार ६ वटा पसल, व्यवसायवाट ६ हजार दुई सय २५ रुपैया वरावरको म्याग गुज्रेको अखाद्य वस्तु नियन्त्रणमा लिइएको छ । ति सामग्रीहरु नष्ट गरिएको छ ।
अनुगमनका क्रममा किराना तथा खाद्यान्न पसलहरुमा अखाद्य वस्तु फेला परेपछि जफत गरि नष्ट गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद होमागाइको नेतृत्वमा जिल्ला बजार अनुगमन समितिद्वारा सर्वसाधारण उपभोक्तासंग सरोकार रहेको किराना पसलहरुको स्थलगत अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा पसलमा बिलबिजक अद्यावधिक नगरिएको र आवश्यक कागजात उपलब्ध गराउन नसकेको पाइएको छ । साथै अनुगमनमा बिक्रीका लागि राखिएका बस्तुको म्याद, ब्यवसाय दर्ता, नविकरण, कारोबारका लागि इजाजत लिए, नलिएको र सुर्तीजन्य पदार्थको कारोबार सम्बन्धि नियम कार्यान्वयन गरे नगरेको विषयमा अनुगमन गरिएको थियो ।
अनुगमनमा उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख किशोर सापकोटा, खाद्य तथा गुणस्तर कार्यालयका प्रमुख गणेशदत्त जोशी, सरोकारवाला कार्यालयका प्रतिनिधिलगायतले खाद्यान्न, किराना, मासु पसलहरुमा दर्ता तथा नवीकरण गरे नगरेको अनुगमनको साथै उक्त सम्बन्धि जानकारी गराएको थियो ।
सुरक्षाकर्मीसहित पुगेको अनुगमन टोलीले किराना पसल तथा सप्लायर्सलाई पहिलो पटक सचेत गराई सुधार गर्ने आवश्यक निर्देशन दिइएको छ । सरोकारवालासहितको संयुक्त वजार अनुगमन टोलीले अनुगमनका क्रममा अखाद्य वस्तु फेला परेपछि त्यसलाई नियन्त्रणमा लिएर नष्ट गरेको छ ।
अनुगमनका क्रममा अधिकांश पसल तथा व्यवसायले न्युनतम मापदण्डसमेत पुरा नगरेको पाइएको अनुगमन टोलीमा सहभागी उपभोक्ता हित संरक्षण मन्चका अध्यक्ष इन्द्रवहादुर पण्डितले जानकारी दिए । उनका अनुसार पसलमा मुल्यसुचि नराखेको, विलविजक जारी र नवीकरण नगरेकोे पाइएको थियो ।
अनुगमनका क्रममा अधिकांश पसल मापदण्ड विपरित रहेको पाइएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । अधिकांश पसलहरु मापदण्ड अनुसार सन्चालन नभएको पाइएको र पहिलो पटकलाई सचेत गराइएको टोलीका संयोजकसमेत रहेका सहायक प्रजिअ कृष्णप्रसाद होमागाइले वताए ।
पसल व्यवसायमा मुल्यसुचि, खरिद तथा विक्रि विल, साइनवोर्डलगायत मापदण्डको पालना गर्न सचेत गराइएको छ । जनगुनासो धेरै आएपछि चाडपर्वको समयमा अनुगमन गरिएको प्रशासनले जनाएको छ ।
पसल तथा व्यवसायमा मूल्यसूची राख्न र म्याद नाघेका सामानहरूको पहिचान गरेर छुट्टै व्यवस्थापन गर्न निर्देशन दिइएको छ । अनुगमनका क्रममा टोलीले फर्म दर्ता गर्न तथा नवीकरण गर्न, पसलको सरसफाइमा ध्यान दिन र सुरक्षित रुपमा सामग्री राख्न सुझाव दिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद होमागाई, उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख किशोर सापकोटा, उपभोक्ता हित संरक्षण मन्चका अध्यक्ष इन्द्रवहादुर पण्डित, अन्य सरोकारवाला कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको टोलीले अनुगमन गरेको हो । आम उपभोक्ताहरुले भने वजार अनुगमन कार्यलाई महिना तथा दुई महिनामा एक पटक निरन्तर गर्न माग गरेका छन् ।
यता, आंपलगायतका फलफुलहरुमा गुणस्तरियताको गुनासो आएपछि विदुर नगरपालिकाले वजारक्षेत्रका फलफुल पसलहरुको अनुगमन गरेको छ । अनुगमन टोलीले वैशाख महिनाभर आंप विक्रीवितरण नगर्न निर्देशन दिएको छ ।
विदुर १० का वडाध्यक्ष तथा अनुगमन टोलीका प्रमुख गणेशकुमार नेपालसहितको टोलीले विदुर १ ढुङ्गे, त्रिशूली, विदुर ४ बट्टारवजार र विदुर २ बट्टारवजारमा रहेका १२ वटा फलफूल तथा जुसका पसलहरूमा अनुगमन गरेको हो । टोलीले मापदण्ड अनुसार पसल व्यवसाय गर्न निर्देशन दिनुका साथै वैशाख महिनाभर वजारमा जुनसुकै प्रकारका आंपको विक्रिवितरण नगर्न निर्देशन दिएको टोलीका प्रमुख गणेशकुमार नेपालले जानकारी दिए ।