राष्ट्रिय महिला फुटवलको तयारी
विदुर–नुवाकोटको वट्टारमा आयोजना गरिएको बागमती प्रदेश मुख्यमन्त्रीकप राष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगिता नुवाकोट आदर्श वहुमुखि क्याम्पसको खेल मैदानमा वट्टारमा आयोजना गरिएको छ ।
जिल्ला खेलकुद बिकास समिति नुवाकोटको मुख्य आयोजना, नुवाकोट जिल्ला फुटबल संघको आयोजनामा यहि वैशाख १३ गते शनिवारदेखि बागमती प्रदेश मुख्यमन्त्री कप २०८२ राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको छ । प्रतियोगिता आयोजनास्थल वट्टार खेल मैदानमा विहीवार पत्रकार सम्मेलनमार्फत जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष बिजय गुरुङले प्रतियोगितामा विभिन्न विद्या तथा प्रत्येक खेलका म्यान अफ दि म्याचलेसमेत नगद पुरस्कार थाप्नेछन् ।
प्रतियोगिताका सम्वन्धमा नुवाकोट फुटबल संघका अध्यक्ष देवनारायण चित्रकार र बिदुर नगरपालिका खेलकुद बिकास समितिका संयोजक अच्युतराज महन्तगिरीले प्रतियोगितामा ४० जना स्वंसेवक सुरक्षागार्ड राखिएको वताए । सो प्रतियोगिताको उपप्रधानमन्त्रि तथा सहरी विकासमन्त्रि प्रकाशमान सिंहले उद्घाटन गर्ने तय भएको छ ।
प्रतियोगितामा वागमति प्रदेशका मुख्यमन्त्रि वहादुरसिंह लामाकोसमेत सहभागिता रहने आयोजकले जनाएको छ । विभिन्न आठ राष्ट्रिय टिमको सहभागिता रहने प्रतियोगिता यहि बैशाख २० गतेसम्म वट्टार क्याम्पसको खेलमैदानमा संचालन हुनेछ ।
प्रतियोगितामा नेपाल एपिएफ क्लव, नेपाल पुलिस क्लब, नेपाल आर्मी, गण्डकी प्रदेश, पद्म स्पोट्र्स क्लव ओखलढुंगा, सङ्कटा फुटबल क्लव, रौतहट जिल्ला फुटबल संघ, रिगल रिसोर्ट एन्फा मकवानपुरको सहभागिता निश्चित भएको छ । बिजेताले नगद ५ लाख र उपबिजेताले नगद २ लाख ५० हजार रुपैया नगदका साथ शिल्, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताको प्रत्येक खेलको म्यान अफ द म्याचलाई ५ हजार रुपैयाको दरले पुरस्कृत गरिनुका साथै विभिन्न बिद्यामा उत्कृष्ट खेलाडिलाई १० हजार रुपैयाको दरले पुरस्कृत गरिने छ । प्रतियोगिताको बागमती प्रदेश खेलकुद परिसद मुख्य संरक्षक र विदुर नगरपालिका नुवाकोट संरक्षक रहेको छ ।
सो प्रतियोगिताका लागि कुल २० लाख ४३ हजार रुपैया लागत रहेको आयोजकले जनाएको छ । यसवाट खेल क्षेत्रको विकास र विस्तारका साथै नुवाकोटलाई खेल पर्यटनको रुपमा चिनाउने उद्धेश्य रहेको आयोजकको भनाई रहेको छ ।











































