दोषीलाई कारवाहीको माग गर्दै प्रदर्शन

मृतक भट्टराइका आफन्तले गरे धर्ना
लोकखबर
२०८२ बैशाख ११, बिहीबार २०:५३

विदुर– ट्रिपरका कारण ज्यान गुमाएका नुवाकोटको सुर्यगढी गाउँपालिकाका युवा माधव भट्टराइको पक्षमा न्यायको माग गर्दै शान्तिपूर्ण सडक धर्ना गरिएको छ । भट्टराइको परिवारले भोगेको पीडामा ऐक्यबद्धता जनाउँदै, दोषीलाई कारबाही र पीडितलाई न्याय सुनिश्चित गर्न विहीवार वेलुकी सडक धर्ना दिइएको हो ।
काठमाडौंको महाराजगञ्जमा ट्रिपरको ठक्करबाट मृत्यु भएका ४० वर्षिय भट्टराइका आफन्तहरूले सडकमा प्रदर्शन गरेका हुन् । मृतकका आफन्तहरूले महाराजगञ्ज प्रहरी वृत्त अगाडि प्रदर्शन गरेका हुन् ।
सो क्षेत्र केहीबेर तनाव ग्रस्त भएको थियो । धर्ना निरन्तर दिइने आफन्तजनले वताए । भट्टराइ चढेको बा६२प ८८४० नम्बरको मोटरसाइकललाई बुधबार रा१ख २६२२ नम्बरको ट्रिपरले ठक्कर दिँदा नुवाकोटको सूर्यगढी गाउँपालिका–४ घर भई हाल टोखा नगरपालिका लोकतान्त्रिक चोक बस्ने माधव भट्टराई गम्भीर घाइते भएका थिए । उनको बसुन्धारास्थित ग्रिनसिटी अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान निधन भएको थियो ।
ठक्कर दिने ट्रिपरका चालकलाई कारबाही गरिनुुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराइनुपर्नेलगायत माग राख्दै मृतकका आफन्त, शुभचिन्तक तथा सर्वसाधारणले धर्ना दिएका हुन् । प्रहरीका अनुसार टोखा नगरपालिका–७ सामाखुशी प्रहरी पेट्रोल पम्प अगाडिको सडक खण्डमा बुधबार साँझ उक्त ट्रिपरले भट्टराई चढेको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
प्रहरीका अनुसार दुवै सवारीसाधन ट्राफिक प्रहरी प्रभाग तिलिङगेटारको नियन्त्रणमा रहेको छ भने ट्रिपर चालकलाई भने प्रहरी वृत्त महाराजगञ्जमा राखिएको छ । घटनास्थल प्रहरी वृत्त महाराजगञ्जदेखि एकसय मिटर दुरीमा पूर्वतर्फ रहेको छ ।
घटनाबारे प्रहरी वृत्त महाराजगञ्ज कार्यालयमा छलफल गर्ने क्रममा पीडित पक्षका आफन्तहरूले प्रदर्शन गर्ने क्रममा सडक अवरुद्ध भएको थियो । माग सम्वोधन नभएसमम धर्ना जारी रहने मृतकका आफन्तजनले जनाएका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको