सर्वाधिक राशीको राष्ट्रिय महिला फुटवल प्रतियोगिता सुरु

विदुर–महिला खेलाडिको पहिचान तथा प्रवद्र्धनका लागि नुवाकोटको वट्टारमा शनिवारदेखि राष्ट्रिय महिला फुटवल प्रतियोगिता सुरु भएको छ । बागमती प्रदेश मुख्यमन्त्रीकप राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उद्घाटन खेलमा संकटा फुटवल क्लव विजयी भएको छ ।
जिल्ला खेलकुद बिकास समिति नुवाकोटको मुख्य आयोजना, नुवाकोट जिल्ला फुटबल संघको आयोजनामा शनिवारदेखि बागमती प्रदेश मुख्यमन्त्री कप २०८२ राष्ट्रिय महिला फुटबल प्रतियोगिता सुरु भएको हो । यसअघि प्रतियोगिताको नुवाकोट आदर्श वहुमुखि क्याम्पसको खेल मैदानमा वट्टारमा उपप्रधान तथा सहरी विकासमन्त्रि प्रकाशमानसिंहले उद्घाटन गरे ।
उनले यस प्रतियोगिताले महिला खेलाडिहरुको क्षमता विकासका साथै खेलक्षेत्रको विस्तारमा मद्धत पुगेको वताए । खेल क्षेत्रको विकास र विस्तारका लागि तीनै तहको सरकारले विशेष रुपमा प्राथमिकता दिएको पनि सि.हले वताए ।
उनले नुवाकोटको वट्टारमा आयोजित यस प्रतियोगिताले खेल र खेलाडिहरुको पहिचानका साथै खेल पर्यटनलाईसमेत टेवा दिएको वताए । उपप्रधानमन्त्रि सिंहले अनुशासित भई खेल जीवनलाई विस्तार गर्न खेलाडि तथा आयोजकलाई प्रेरित गरे ।
प्रतियोतिाको उद्घाटन खेलमा संकटा फुटवल क्लवले विभागीय टिम नेपाल आर्मी क्लवलाई पराजित गरेको छ । प्रतिस्पार्धात्मक, आकर्षक र आक्रामक खेलमा सेनाको टिममाथि सुरुदेखि नै संकटाले दवावमा राखेको थियो ।
संकटाले एकका विरुद्ध तीन गोल प्रहार गरि जीत हासिल गरेका हुन् । संकटालाई विजयी गराउन पुर्णिमा राइले दुई र जेनिफर रानामगरले एक गोल गरिन् ।
पराजित नेपाली सेनाकी लिला चन्दले सान्त्वना गोल गरिन् । चन्दले खेलको १२ औं मिनेटमा गोल गरेर आफ्नो क्लवलाई अगाडि वढाएकी थिइन् ।
त्यसको दुई मिनेटमै संकटाकी पुर्णिमा राइले गोल गरेर वरावरीमा रोकिन् । प्रतिस्पर्धापुर्ण सो खेलको ८४ मिनेटमा संकटाकी जेनिफर रानामगर एक गोल थपेर आफ्नो क्लवलाई अगाडि वढाइन् ।
लगत्तै ८७ मिनेटमा पुर्णिमाले दोश्रो गोल थपेर आफ्नो क्लवलाई विजय यात्रामा सुनिश्चित गराइन् । उद्घाटन खेलको यस पराजयसंगै नेपाल आर्मी क्लव प्रतियोगितावाट वाहिरिएको छ ।
प्रतियोगिता अन्र्तगतको उद्घाटन खेलमा दुई गोल गरेकी पुर्णिमा राइले म्यान अफ दि म्याचको पुरस्कार जितिन् । उनले नगद पांच हजार र ट्रफि थापिन् ।
उक्त प्रतियोगिता अन्र्तगत आइतवार रौतहट र रिगल मकवानपुरवीच खेल हुने आयोजक तथा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष बिजय गुरुङले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा विभिन्न विद्या तथा प्रत्येक खेलको म्यान अफ दि म्याचलाई समेत नगद पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगिता उद्घाटन कार्यक्रममा वागमति प्रदेशका मुख्यमन्त्रि वहादुरसिंह लामातामाङले खेलले मानव जीवन अनुशासित र मर्यादत हुनुका साथै खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सरकारले विशेष सहयोग गरिरहेको वताए । उनले नुवाकोटवाटसमेत राष्ट्रिय फुटवल टिम वनाउन खेल क्षेत्रका संघसंस्था तथा सरोकारवालाई निर्देशन दिए ।
विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले खेलकुद क्षेत्रको विकास र विस्तारका लागि सदैव क्रियाहील भएको र विदुर नपाले विशेष कार्यक्रमसमेत सन्चालन गरिरहेको वताए । उनले खेलकुद क्षेत्रको विकासलाई पर्यटनसंगसमेत हेरिएको वताए ।
प्रतियोगिता उद्घाटन कार्यक्रममा नुवाकोट फुटबल संघका अध्यक्ष देवनारायण चित्रकारले प्रतियोगितामा ४० जना स्वंसेवक सुरक्षागार्ड राखिएको वताए । प्रतियोगितामा विभिन्न आठ राष्ट्रिय टिमको सहभागिता रहेको छ ।
यहि बैशाख २० गतेसम्म वट्टार क्याम्पसको खेलमैदानमा संचालन हुने प्रतियोगितामा नेपाल एपिएफ क्लव, नेपाल पुलिस क्लब, नेपाल आर्मी, गण्डकी प्रदेश, पद्म स्पोट्र्स क्लव ओखलढुंगा, सङ्कटा फुटबल क्लव, रौतहट जिल्ला फुटबल संघ, रिगल एन्फा मकवानपुरको सहभागिता रहेको व्यवस्थापक बिदुर नगर खेलकुद बिकास समितिका संयोजक अच्युतराज महन्तगिरीले जानकारी दिए । प्रतियोगिताको बिजेताले नगद ५ लाख र उपबिजेताले नगद २ लाख ५० हजार रुपैया नगदका साथ शिल्ड, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताको प्रत्येक खेलको म्यान अफ द म्याचलाई ५ हजार रुपैयाको दरले पुरस्कृत गरिनुका साथै विभिन्न बिद्यामा उत्कृष्ट खेलाडिलाई १० हजार रुपैयाको दरले पुरस्कृत गरिने छ । प्रतियोगिताको बागमती प्रदेश खेलकुद परिसद मुख्य संरक्षक र विदुर नगरपालिका नुवाकोट संरक्षक रहेको छ ।
सो प्रतियोगिताका लागि कुल २० लाख ४३ हजार रुपैया खर्च हुने लागतयोजना रहेको आयोजकले जनाएको छ । यसवाट खेल क्षेत्रको विकास र विस्तारका साथै नुवाकोटलाई खेल पर्यटनको रुपमा चिनाउने उद्धेश्य रहेको आयोजकको भनाई रहेको छ ।