त्रिशूली नदीमा डुवेर युवकको मृत्यु
एक दिनपछि निकालियो शव

विदुर–त्रिशूली नदीमा डुवेर नुवाकोटको किस्पाङका एक जना युवकको ज्यान गएको छ । शव एक दिनपछि निकालिएको छ ।
साथीहरुसंग माछा मार्न गएका वेला नुवाकोटको विदुर नगरपालिका ९ विजुरास्थित त्रिशूली नदीमा डुवेर किस्पाङ गापा १ का २२ वर्षिय विजय विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । उनको शव प्रहरीको विपद विशेष टोलीले डुविरहेको अवस्थामा फेला पारेको प्रहरी नायव उपरिक्षक विक्रम लामाले जानकारी दिए ।
त्रिशूली नदीमा शुक्रवार डुवेका युवक विकको शव शनिवार वेलुकी निकालिएको हो । शव पोष्टमार्टमका लागि नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा राखिएको छ ।