वालविवाह नियन्त्रणका लागि अभियान

गाउंमा पुगेर कार्यक्रम
लोकखबर
१४ बैशाख २०८२, आईतवार २१:३८

विदुर–नुवाकोटको पुर्वी भेगमा रहेको तादी गाउंपालिकाले वालविवाह नियन्त्रणलगायतका समाजिक अभियान सन्चालन गरेको छ । गाउंमा पुगेर सचेतनात्मक कार्यहरु गरिएका छन् ।
तादी ५ र ६ मा रहेको विभिन्न गाउंमा तादी गापाद्वारा बाल विवाह अन्त्यका लागिसचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बाल विवाहका कारण समाजमा उत्पन्न समस्या, लैङ्गिक हिंसा न्यूनीकरण तथा लागूऔषध दुव्र्यसन सम्बन्धि जानकारी प्रदान गरिएको छ ।
कार्यक्रममा स्थानीय सरोकारवालाको सहभागिता रहेको थियो । तादी ५ मा वडाध्यक्ष सरोज भण्डारीको अध्यक्षता, तादी गाउँपालिका उपाध्यक्ष सन्जु प्याकुरेलश्रेष्ठको प्रमुख अतिथ्यतामा गाउंमा वालविवाह न्युनीकरणका लागि सवैको सामूहिक एकता आवस्यक रहेको ठहर गरिएको छ ।
कार्यक्रममा बालविवाह अन्त्यको लागि समुदायमा सचेतना मुलक कार्यक्रमलाई व्यापकता दिइने निष्कर्श निकालिएको छ । कार्यक्रममा इलाका प्रहरी कार्यालय खरानीटारका प्रहरी निरीक्षक जयन्ती थापा, अधिवक्ता रामेश्वर भण्डारी, वडा सदस्यहरु, नागरिक समाजका साथै सर्वसाधारणको सहभागिता रहेको थियो ।
तादीं ६ स्थित चामोटमासमेत वडाध्यक्ष सिरमान तामाङको अध्यक्षता र गापा उपाध्यक्ष सन्जु प्याकुरेलश्रेष्ठको प्रमुख आतिथ्यतामा बाल विवाह अन्त्यको लागि समुदायको सक्रियता आवस्यक रहेको ठहर गरिएको छ । तादी गापा तामाङ समुदायको उल्लेख्य वसोवास रहेको गापा हो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *