मौरीपालक किसानहरुलाई घार हस्तान्तरण

विदुर–नुवाकोटका मौरीपालक किसानहरुलाई मौरीको घार प्रदान गरिएको छ । विदुर नगरपालिकाको विभिन्न स्थानमा मौरीपालन गरिरहेका किसानहरुको वयवसाय विस्तारको योजना अन्र्तगत मौरीको घार हस्तान्तरण गरिएको हो ।
मौरी कृषि उपजको दाता हो, संरक्षण गरौं, एक घर एक मौरी घार अभियान थालनी गरौं भन्ने मुल नाराका साथ २५ जना मौरीपालक किसानहरुलाई प्रोत्साहनस्वरुप एक÷एक वटा मौरीघार प्रदान गरिएको हो । विदुर नपा कार्यालयले ५० प्रतिशत अनुदानमा मौरी घार प्रदान गरेको हो ।
विदुर नपाले ५ नं. वडा कार्यालयमार्फत प्रदान गरिएको मौरी पालन तालिम प्राप्त गरेका किसानहरुलाई व्यवसाय विस्तारमा जोड दिदै मौरी घार प्रदान गरेको हो । किसानहरुलाई विदुर ५ का वडाध्यक्ष लीलानाथ न्यौपाने, नेपाल मौरीपालक महासंघका अध्यक्ष भीमप्रसाद अधिकारीलगायतले मौरी घार हस्तान्तरण गरे ।
वडाध्यक्ष न्यौपानेले मौरीपालन व्यवसाय आफैंमा एउटा गुणस्तरिय र महत्वपुर्ण कार्य भएको कारण विदुर नपाले घार प्रदान गरेको वताए । उनले मौरीपालन व्यवसायलाई विस्तार गरि मह उत्पादन गरेर विभिन्न स्थानमा मह विक्रि वितरण गर्न सुझाव दिए ।