महिला फुटवलमा रौतहट विजयी

मकवानपुर घर फर्कियो, सुनीता म्यान अफ दि म्याच
लोकखबर
१४ बैशाख २०८२, आईतवार २१:५१

विदुर–नुवाकोटको वट्टारमा सन्चालित मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगिताको आइतवार भएको दोश्रो खेलमा रौतहट जिल्ला फुटबल संघ विजयी भएको छ । सो खेलमा पराजित मकवानपुर फुटवल टिम वाहिरिएको छ ।
नुवाकोट आदर्श वहुमुखि क्याम्पसको खेल मैदानमा जारी प्रतियोगिताको आकर्षक खेलमा रौतहटले रिगल रिसोर्ट एन्फा मकवानपुरलाई दुईका विरुद्ध तीन गोल अन्तरले पराजित गरेको हो । खेलको पहिलो हाफमा रिगलकी सुशीला भुजेलले एक गोल गरेर आफ्नो टिमलार्य अग्रता दिएकी थिइन् ।
रौतहटकी सुनीता सुनुवारले २ गोल गरी आफ्नो समूहलाई अग्रता दिलाइन् । खेलको दोस्रो हाफमा रिगलकी सचिना स्याङताङले एक गोल गरी खेल बराबरीमा पु¥याइन् ।
यसैगरी रौतहटकी पुनम चेमजोङले थप एक गोल गरी आफ्नो समूहलाई जित निश्चित गरिन् । खेलमा विजयी रौतहटकी सुनीता सुनुवार ‘प्लेयर अफ दि म्याच’ भईन् ।
उनले नगद पाँच हजार रुपैँया पुरस्कार प्राप्त गरिन् । जिल्ला खेलकुद विकास समिति र नुवाकोट फुटवल संघको आयोजनामा भएको प्रतियोगितामा विभिन्न आठ टिमको सहभागिता रहेको छ ।
वागमति प्रदेश खेलकुद परिषद र विदुर नपा संरक्षक रहेको प्रतियोगिता अन्र्तगत सोमवार नेपाल प्रहरी फुटवल क्लव र गण्डकी प्रदेश फुटवल संघवीच खेल हुने आयोजक नुवाकोट फुटवल संघका उपाध्यक्ष अच्युतराज महन्तगिरीले जानकारी दिए । विभिन्न आठ वटा राष्ट्रिय फुटवल टिमको सहभागिता रहेको प्रतियोगिता यहि वैशाख २० गतेसम्म हुनेछ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *