महिला फुटवलमा प्रहरीको गोलको वर्षा

गण्डकी घर फर्कियो, तीन टिम शिर्षस्थानमा उक्लिए
लोकखबर
२०८२ बैशाख १५, सोमबार २१:४९

विदुर–नुवाकोटको वट्टारमा सन्चालित मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सोमवार भएको तेश्रो खेलमा नेपाल प्रहरी विजयी भएको छ । सो खेलमा पराजित गण्डकी प्रदेश फुटवल संघ टिम वाहिरिएको छ ।
नुवाकोट आदर्श वहुमुखि क्याम्पसको खेल मैदानमा जारी प्रतियोगिताको आकर्षक खेलमा प्रहरीले गोलको वर्षा गरेको छ । प्रहरीले गण्डकीलाई शुन्यका विरुद्ध चार गोलले पराजित गरेको हो ।
खेलमा प्रहरीका लागि सुस्मिता तामाङले दुई, अमृता जैसी र निर्मला उपाध्यायले एक÷एक गोल गरे । प्रहरीका अगाडि गण्डकीको खेल प्रदर्शन फितलो देखिएको थियो ।
खेलमा विजयी प्रहरीकी सुस्मिता तामाङ ‘प्लेयर अफ दि म्याच’ भईन् । उनलाई विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले नगद पाँच हजार रुपैँया र अनय सामग्रीहरु पुरस्कार प्रदान गरे ।
यस खेलसंगै प्रतियोगितामा नेपाल प्रहरी, संकटा र रौतहट फुटवल टिम शिर्षस्थानमा उक्लेको छ । जिल्ला खेलकुद विकास समिति र नुवाकोट फुटवल संघको आयोजनामा भएको प्रतियोगिताको वागमति प्रदेश खेलकुद परिषद र विदुर नपा संरक्षक रहेको छ ।
प्रतियोगिता अन्र्तगत मंगलवार ओखलढुंगा फुटवल क्लव र शसस्त्र प्रहरी फुटवल कलववीच खेल हुने आयोजक नुवाकोट फुटवल संघका उपाध्यक्ष अच्युतराज महन्तगिरीले जानकारी दिए । विभिन्न आठ वटा राष्ट्रिय फुटवल टिमको सहभागिता रहेको प्रतियोगिता यहि वैशाख २० गतेसम्म हुनेछ ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको