४८ घरलाई एकैपटक पानीको धारा

मुलावारीवासी लाभान्वित, पिउनेपानीको सुविधा
लोकखबर
२०८२ बैशाख १६, मंगलवार २०:३८

विदुर– वषौंदेखि पिउने पानीको समस्यामा रहेका नुवाकोटको चारघरेका मुलावारीवासी घरमै धारा वनेपछि निकै खुसी भएका छन् । उनीहरुको पिउने पानीको समस्या समाधान भएको छ ।
विदुर नगरपालिका १२ चारघरे मुलाबारीका ४८ घरधुरीलाई खानेपानी योजना निर्माण गरिएको छ । कुल १२ लाख रुपैयाको लागतमा एक घर÷एक धाराको योजना अनुरुप निर्माण कार्य पुरा भएको हो ।
विदुर नपाका उपमेयर प्रभा वोगटीले मुलावारीमा पुगेर एक घर÷एक धाराको उद्घाटन गरिन् । उनले पिउने पानीका लागि घरमै धारा निर्माण गरिएपछि गाउंवासीको श्रम, समय तथा सिपको वचत भएको वताइन् ।
उनले संचनाको संरक्षण गर्न सचेत गराइन् । मुलावारीवासीका लागि ६५ दिनमा कार्य सम्पन्न गर्न सहयोग गरेको लिभिङ वाटरलाई सामाजिक सेवाको सक्रियता वढाउन सुझाव दिइन् ।
सो योजनाका लागि स्थानीयवासीले उपभोक्तामार्फत तीन लाख रुपैयाको श्रमदान गरि निर्माण गरेका हुन् । मुलावारी नुवाकोटको पर्यटकिय स्थलमध्येको एक स्थान हो ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको